Best Khabar Team | २०७७ श्रावण ४ गते आइतबार
१९ जुलाई, २०२०
स्वर्गद्वारी, प्यूठान । प्यूठानमा गएराति भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । सडक कालोपत्रे गर्ने मजदुरहरुलाई लिएर स्थानीय भिंगृ जाँदै गरेको सो ट्याक्टर स्थानीय रुमले भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा यसअघि ६ जनाले ज्यान गुमाएको बताइएपनि हालसम्म ७ जनाको ज्यान गएको घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीय वासिन्दाले घाइतेहरुको उद्दार तथा मृतकको शव संकलनको काम तीब्रताका साथ गरिरहेका छन् । मृतक सबै रोल्पा जिल्लाका स्थानीय भएको प्रहरीको भनाई छ ।
कच्ची सडक खण्डमा तीब्र गतिमा रहेको टयाक्टरले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
मृतक सबैको सनाखत भै सकेको छ ।
स्थानीय स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको बेला सो ट्रक दुर्घटनामा परेको थियो । सो दुर्घटनामा केही मजदुर घाइते भएको र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भै रहेको बताइएको छ । लु २ त ४२३४ नम्बरको ट्याक्टर स्थानीय ओसिस कन्सट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको सडक निर्माण गर्ने मजदुर बोकेर कार्यक्षेत्रबाट घर फर्कँदै गरेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते आइतबार
१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...
Top