Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०७, जनवरी, २०२०
बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरी आफ्ना सैन्य कमाण्डरको हत्या गरेपछि अमेरिकासँग इरान क्रुद्द बनेको छ । यो संगै अमेरिका र इराकबीच निकट भविष्यमै युद्द हुनसक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायले दुबै देशलाई संयमता अपनाउन आग्रह गरेको छ ।
घटनालगत्तै इरानले अमेरिकी आक्रमणलाई कडा शब्दमा भत्र्सना गर्दै त्यसको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि हिजोमात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको सुरक्षाको लागि इराकी सैन्य कमाडन्डर कासिम सुलेमानीको हत्या गरिएको स्पष्ट पार्नुभएको थियो । उहाँले इरान विरुद्धको कारबाही जारी रहेको भन्दै भोलिका दिनमा नयाँ नयाँ हतियारबाट आक्रमण गर्ने चेतावनी दिनुभएको थियो ।

इरानले सुलेमानीको अन्त्येष्टि कार्यक्रममा सहभागीहरु र इरानी जनतालाई एक एक डलर जम्मा गर्नका लागि आग्रह गरेको थियो । इराकको राजधानी बग्दादस्थित अमेरिकी दुतावासमा आक्रमण भएसँगै केहीसाता यता इराक–इरान र अमेरिकाबीच सम्बन्द्ध चिसिएको छ । यसअघि इराकी संसदले तत्काल इरकमा रहेका अमेरिकी सेनालाई देश छाड्न चेतावनी दिईसकेको छ भने अमेरिकाले पनि आफ्ना नागरिकलाई तत्काल इराकी भूमि छाडेर सुरक्षित स्थानमा जानका लागि आग्रह गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...
चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...
सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...
कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको...
Top