इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार


०७, जनवरी, २०२०
बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा रकेट आक्रमण गरी आफ्ना सैन्य कमाण्डरको हत्या गरेपछि अमेरिकासँग इरान क्रुद्द बनेको छ । यो संगै अमेरिका र इराकबीच निकट भविष्यमै युद्द हुनसक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायले दुबै देशलाई संयमता अपनाउन आग्रह गरेको छ ।

घटनालगत्तै इरानले अमेरिकी आक्रमणलाई कडा शब्दमा भत्र्सना गर्दै त्यसको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि हिजोमात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना सैनिकको सुरक्षाको लागि इराकी सैन्य कमाडन्डर कासिम सुलेमानीको हत्या गरिएको स्पष्ट पार्नुभएको थियो । उहाँले इरान विरुद्धको कारबाही जारी रहेको भन्दै भोलिका दिनमा नयाँ नयाँ हतियारबाट आक्रमण गर्ने चेतावनी दिनुभएको थियो ।

इरानले सुलेमानीको अन्त्येष्टि कार्यक्रममा सहभागीहरु र इरानी जनतालाई एक एक डलर जम्मा गर्नका लागि आग्रह गरेको थियो । इराकको राजधानी बग्दादस्थित अमेरिकी दुतावासमा आक्रमण भएसँगै केहीसाता यता इराक–इरान र अमेरिकाबीच सम्बन्द्ध चिसिएको छ । यसअघि इराकी संसदले तत्काल इरकमा रहेका अमेरिकी सेनालाई देश छाड्न चेतावनी दिईसकेको छ भने अमेरिकाले पनि आफ्ना नागरिकलाई तत्काल इराकी भूमि छाडेर सुरक्षित स्थानमा जानका लागि आग्रह गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो अबिरल वर्षाका कारण भोटेकोशीमा भीषण बाढी, कम्तीमा १५ वेपत्ता, १८ घर बगायो

२०७७ असार २५ गते बिहिबार

०९ जुलाई, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अबिरल वर्षासँगै आएको बाढी...

उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स

२०७६ माघ १९ गते आइतबार

०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...

काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७ काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना, धरान र नेपालगञ्जमा थप ८ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या २६७

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा...

पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र...

Top