धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मोरङ्ग जिल्लाको विराटनगरमा आज पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको जानकारी अनुसार उनीहरुको स्वाब परीक्षणका क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको हो । छ । यस्तै धनकुटामा पनि एकजना संक्रमित भेटिएका छन् ।

धनकुटाकी ३५ वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षमा तीनैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरमा भेटिएका २ जना संक्रमित पुरुष रहेका छन् । उनीहरु ३६ र २९ वर्षका छन् । यसअघि प्रदेशनम्बर एकको झापा, उदयपुर र भोजपुरमा कोरोना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । यस्तै ३६ जना उपचारपछि घर फर्केका छन् भने हालसम्म कोरोका कारण २ जनाको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका...

Top