Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९
काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट क्षति भएको मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणको कम ४ वर्षपछि शुरु भएको छ । भूकम्पले भत्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम तर्फको भागलाई प्रवलीकरण थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुरातात्विक महत्व र पहिचान कायम हुने गरी प्रबलीकरणको थालिएको हो । सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउने सुझाव दिएसँगै यसलाई प्रवलीकरण गर्न शुरु गरिएको हो ।
सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो ।
जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको पन्ध्र महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
कोरोनाका कारण स्थगित २०७६ को एसईई परीक्षा नगर्ने सरकारको निर्णय, विद्यालयको आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गरिने
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र...
चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको...
फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...
Top