Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९
काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट क्षति भएको मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणको कम ४ वर्षपछि शुरु भएको छ । भूकम्पले भत्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम तर्फको भागलाई प्रवलीकरण थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुरातात्विक महत्व र पहिचान कायम हुने गरी प्रबलीकरणको थालिएको हो । सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउने सुझाव दिएसँगै यसलाई प्रवलीकरण गर्न शुरु गरिएको हो ।
सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो ।
जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको पन्ध्र महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
चीनले अमेरिकालाई भन्यो : चीनमा रहेको अमेरिकी बाणिज्य दुतावास तत्काल बन्द गर
२०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित...
Top