कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार


पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको कोरोना भाइरसको कारण यतिबेला विश्व समुदाय त्रसित छ । विश्वका विभिन्न देशमा कोरोनाका कारण सिँगो मुलुकलाई लकडाउन गरिएका छन् । सडक तथा सार्वजनिक स्थलहरु सुनसान प्राय बनेका छन् ।

तर यस्तै सन्त्रासका बीच शनिबार युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा एउटा फरक दृष्य देखियो । कोरोनाका कारण दैनिक सयौंले ज्यान गुमाइरहेको बेल्जियममा पनि यतिबेला सरकारले आपत्कालीन अवस्थाको घोषणा गरेको छ । सडकमा सवारी साधनहरु कम चलेका छन् भने रेस्टुरेन्ट, होटल, विद्यालय, क्याम्पसलगायत बन्द छन् । लगभग लकडाउनकै अवस्थाबाट गुज्रिएको बेल्जियममा शनिबार एउटा फरक दृश्य देखिन्छ ।

दुईजना युवाहरु राजधानी ब्रसेल्समा स्कुटरमा सवार हुन्छन् । उनीहरुलाई देख्नेवित्तिकै प्रहरीले रोक्नका लागि आग्रह गर्दछ । प्रहरीले यस्तो निर्देशन दिएपछि स्कुटरमा सवार युवा अतालिन्छन् र स्कुटर थप अघि बढ्दछ । त्यहीबीचमा स्कुटरको पछाडि बस्ने युवा स्कुटरबाट हामफालेर भाग्दछ । आफूसँगै पछाडिको सिटमा बस्ने साथी भागेपछि स्कुटर चालक युवा स्कुटर रोक्नुको साटो गलत सडक (एकतर्फी सडक) तर्फ अगाडि बढ्दछन् । जुन सडक एकतर्फी हुन्छ ।

प्रवेश निषेध लेखिएको सडकमा जर्वजस्ती स्कुटर घुसाएका ती युवक सवार स्कुटरलाई विपरित दिशाबाट गस्तीमा हिडँको प्रहरीको अर्को भ्यानले ठक्कर दिन्छ । युवक घाइते हुन्छन् । त्यसपछि आक्रोशित आफन्त तथा स्थानीय वासिन्दाले प्रहरीको भ्यानमा तोडफोड गर्दछन् । प्रहरीले नियतबस ती युवक सवार स्कुटरमा टक्कर दिएको भन्दै आफन्त तथा स्थानीय वासिन्दाले तोडफोड जारी राख्दछन् ।

भीड बढ्दै गएपछि प्रहरीले केही अश्रुग्यास, पानीको फोहोरा हवाई फायर समेत गर्दछन् । त्यसपछि भीड तितरवितर हुन्छ । जानकारीका अनुसार प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएका ती युवकको उपचारको क्रममा निधन भएको छ । प्रदर्शनकारीहरुले ब्रसेल्समा प्रहरीका आधादर्जन गाडीमा तोडफोड गरेका छन् । प्रदर्शन र तोडफोडमा उत्रिएका ४५ जनालाई हिजो र आज गरी नियन्त्रणमा लिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला । हामीले यो भिडियो vlaamsbelang बाट साभार गरेका हौं ।

https://www.facebook.com/vlbelang/videos/2474805986104371/



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन ‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...

Top