कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

Best Khabar Team | २०७६ चैत्र ३० गते आइतबार


पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको कोरोना भाइरसको कारण यतिबेला विश्व समुदाय त्रसित छ । विश्वका विभिन्न देशमा कोरोनाका कारण सिँगो मुलुकलाई लकडाउन गरिएका छन् । सडक तथा सार्वजनिक स्थलहरु सुनसान प्राय बनेका छन् ।

तर यस्तै सन्त्रासका बीच शनिबार युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा एउटा फरक दृष्य देखियो । कोरोनाका कारण दैनिक सयौंले ज्यान गुमाइरहेको बेल्जियममा पनि यतिबेला सरकारले आपत्कालीन अवस्थाको घोषणा गरेको छ । सडकमा सवारी साधनहरु कम चलेका छन् भने रेस्टुरेन्ट, होटल, विद्यालय, क्याम्पसलगायत बन्द छन् । लगभग लकडाउनकै अवस्थाबाट गुज्रिएको बेल्जियममा शनिबार एउटा फरक दृश्य देखिन्छ ।

दुईजना युवाहरु राजधानी ब्रसेल्समा स्कुटरमा सवार हुन्छन् । उनीहरुलाई देख्नेवित्तिकै प्रहरीले रोक्नका लागि आग्रह गर्दछ । प्रहरीले यस्तो निर्देशन दिएपछि स्कुटरमा सवार युवा अतालिन्छन् र स्कुटर थप अघि बढ्दछ । त्यहीबीचमा स्कुटरको पछाडि बस्ने युवा स्कुटरबाट हामफालेर भाग्दछ । आफूसँगै पछाडिको सिटमा बस्ने साथी भागेपछि स्कुटर चालक युवा स्कुटर रोक्नुको साटो गलत सडक (एकतर्फी सडक) तर्फ अगाडि बढ्दछन् । जुन सडक एकतर्फी हुन्छ ।

प्रवेश निषेध लेखिएको सडकमा जर्वजस्ती स्कुटर घुसाएका ती युवक सवार स्कुटरलाई विपरित दिशाबाट गस्तीमा हिडँको प्रहरीको अर्को भ्यानले ठक्कर दिन्छ । युवक घाइते हुन्छन् । त्यसपछि आक्रोशित आफन्त तथा स्थानीय वासिन्दाले प्रहरीको भ्यानमा तोडफोड गर्दछन् । प्रहरीले नियतबस ती युवक सवार स्कुटरमा टक्कर दिएको भन्दै आफन्त तथा स्थानीय वासिन्दाले तोडफोड जारी राख्दछन् ।

भीड बढ्दै गएपछि प्रहरीले केही अश्रुग्यास, पानीको फोहोरा हवाई फायर समेत गर्दछन् । त्यसपछि भीड तितरवितर हुन्छ । जानकारीका अनुसार प्रहरीको गाडीले ठक्कर दिएर घाइते भएका ती युवकको उपचारको क्रममा निधन भएको छ । प्रदर्शनकारीहरुले ब्रसेल्समा प्रहरीका आधादर्जन गाडीमा तोडफोड गरेका छन् । प्रदर्शन र तोडफोडमा उत्रिएका ४५ जनालाई हिजो र आज गरी नियन्त्रणमा लिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला । हामीले यो भिडियो vlaamsbelang बाट साभार गरेका हौं ।

https://www.facebook.com/vlbelang/videos/2474805986104371/



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...

मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने

२०७७ फाल्गुन ३ गते सोमबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

२०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर) जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

२०८२ भाद्र २५ गते बुधबार

१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...

Top