काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

Best Khabar Team | २०७७ असार २३ गते मंगलबार


०८ जुलाई, २०२०
काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकको सबै सेवा बन्द गर्नुपरेको जनाएको छ ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार मुटु सम्बन्धी समस्या देखिएपछि अस्पतालमा उपचारका लागि भर्ना भएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये केही काठमाडौंकै स्थानीय वासिन्दा भएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालमा उचारका लागि भर्ना भएका विरामीका कोरोना देखिएपछि सुरक्षाका लागि भन्दै गंगालाल हृदयरोग केन्द्रले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द भएको सूचनामार्फत् जानकारी गराएको छ ।

अस्पतालको विरामीमा कोरोना देखिएपछि अहिले उनीहरुको सम्पर्कमा रहेका अन्य विरामी, चिकित्सक तथा आफन्तको बारेमा जानकारी लिने काम शुरुभएको बताइएको छ । अस्पतालले सुरक्षाका लागि भन्दै अत्याश्यक काम बाहेक अस्पतालमा अनावश्यक भीडभाड नगर्न सूचनामार्फत जानकारी गराएको छ । यसैबीच भक्तपुरको क्यान्सर अस्पतालमा कार्यरत चार जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटनस्थित प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको बताइएको छ । कोरोना संक्रमित चिकित्सकहरुलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा...

शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु...

भारतमा कोरोना :  २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...

Top