बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

Best Khabar Team | २०७७ असार २० गते शनिबार


०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल वर्षात्का कारण गएको पहिरोमा परी बझाङ्गका केदारस्युँ गाउँपालिकाको मल्लेसीमा स्थानीय १८ वटा घर बगाएको हो । घर बगाउँदा हालसम्म ९ जना वेपत्ता भएका थिए । तर वेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको घटनास्थलमा खटिएका स्थानीय वासिन्दाले जनाएका छन् ।

मृतक तथा वेपत्ता भएकोहरुको सनाखत हुन सकेको छैन । सो घटनामा परी ७ जना अझै वेपत्ता रहेका छन् । पहिरोमा परी २ वटा घरमा क्षति पुगेको र १८ वटा घर भने बगाएको छ । घटनास्थलमा हाल स्थानीय वासिन्दाले वेपत्ताहरुको खोजी कार्य अघि बढाईएको छ । ४० घरधुरी रहेको सो स्थानमा अहिलेपनि पहिरो झरिरहेको स्थानीयको भनाई छ । जिल्ला सदरमुकामबाट पनि उद्दारका लागि भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनातर्फ अघि बढेका छन् ।

घर घटनास्थल विकट स्थानमा रहेको र हिडेर त्यहाँ पुग्नुपर्ने भएकाले कतिपय स्थानमा पहिरोले बाटो समेत अवरुद्ध भएकोले पहिरो हटाउँदै सुरक्षाकर्मीहरुको टोली घटनास्थल जाँदै गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने...

कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...

Top