Best Khabar Team | २०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल वर्षात्का कारण गएको पहिरोमा परी बझाङ्गका केदारस्युँ गाउँपालिकाको मल्लेसीमा स्थानीय १८ वटा घर बगाएको हो । घर बगाउँदा हालसम्म ९ जना वेपत्ता भएका थिए । तर वेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको घटनास्थलमा खटिएका स्थानीय वासिन्दाले जनाएका छन् ।
मृतक तथा वेपत्ता भएकोहरुको सनाखत हुन सकेको छैन । सो घटनामा परी ७ जना अझै वेपत्ता रहेका छन् । पहिरोमा परी २ वटा घरमा क्षति पुगेको र १८ वटा घर भने बगाएको छ । घटनास्थलमा हाल स्थानीय वासिन्दाले वेपत्ताहरुको खोजी कार्य अघि बढाईएको छ । ४० घरधुरी रहेको सो स्थानमा अहिलेपनि पहिरो झरिरहेको स्थानीयको भनाई छ । जिल्ला सदरमुकामबाट पनि उद्दारका लागि भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनातर्फ अघि बढेका छन् ।
घर घटनास्थल विकट स्थानमा रहेको र हिडेर त्यहाँ पुग्नुपर्ने भएकाले कतिपय स्थानमा पहिरोले बाटो समेत अवरुद्ध भएकोले पहिरो हटाउँदै सुरक्षाकर्मीहरुको टोली घटनास्थल जाँदै गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका...
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...
२०७७ मंशिर १७ गते बुधबार
०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...
Top