धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन

Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार


मृतक नायिक महिमा र उनकी बहिनी ।

१३ फेब्रुअरी, २०२०
धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत धादिङमा भएको स्कुटर दुर्घटनामा नेपाली चलचित्र अभिनेत्री एवं मोडल महिना सिलवाल र उनको बहिनीको ज्यान गएको छ । बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिकाको चाम्बास भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

दुर्घनामा गम्भीर घाइते बनेकी महिमाको केहीबेरमैै र उनकी बहिनी सर्मिला सिलवालको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । सिलवाल दिदीबहिनी स्कुटर चढेर चितवनको भरतपुरस्थित शिवनगरमा रहेको आफ्नो घर जाने क्रममा सो दुर्घटना भएको हो । गजुरी गाउँपालिकाको वडा नम्बर २ मा पर्ने चाम्बासको घुम्तीमा काठमाडौंतर्फ बढेको सो बस र चितवन जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

नायिका महिमाद्वारा अभिनित चलचित्र ‘सुब्बासाब’

दुर्घटनालगत्तै नायिका महिमालाई उपचारको लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा पु-याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पछिल्लो समयमा स्वर्गीय नायिका महिमाद्वारा अभिनित ‘सकस’, ‘सुब्बासाब’ चलचित्र चर्चामा छ ।

यद्यपि उनले चलचित्र ‘कारबाही’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड छ मायाँ छपक्कैको पहिलो साताको कमाई नै झण्डै पाँच करोड

२०७६ कार्तिक ६ गते बुधबार

२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको...

भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु भूकम्पको ५ वर्षपछि दरबार हाइस्कुलको नयाँ भवनमा पठनपाठन शुरु

२०७७ माघ २० गते मंगलबार

०२ फेब्रुअरी, २०२१काठमाडौं । २०७२ साल बैशाखमा गएको महाभूकम्पले...

कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु

२०७७ असार १४ गते आइतबार

२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला...

Top