Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०
धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत धादिङमा भएको स्कुटर दुर्घटनामा नेपाली चलचित्र अभिनेत्री एवं मोडल महिना सिलवाल र उनको बहिनीको ज्यान गएको छ । बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिकाको चाम्बास भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
दुर्घनामा गम्भीर घाइते बनेकी महिमाको केहीबेरमैै र उनकी बहिनी सर्मिला सिलवालको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । सिलवाल दिदीबहिनी स्कुटर चढेर चितवनको भरतपुरस्थित शिवनगरमा रहेको आफ्नो घर जाने क्रममा सो दुर्घटना भएको हो । गजुरी गाउँपालिकाको वडा नम्बर २ मा पर्ने चाम्बासको घुम्तीमा काठमाडौंतर्फ बढेको सो बस र चितवन जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

दुर्घटनालगत्तै नायिका महिमालाई उपचारको लागि गजुरीस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा पु-याइएको भएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । पछिल्लो समयमा स्वर्गीय नायिका महिमाद्वारा अभिनित ‘सकस’, ‘सुब्बासाब’ चलचित्र चर्चामा छ ।
यद्यपि उनले चलचित्र ‘कारबाही’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...
सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...
Top