कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

Best Khabar Team | २०७६ चैत्र २९ गते शनिबार


११ अप्रिल, २०२०
न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बढी प्रभावित मुलुकको रुपमा रहेको युरोपेली मुलुक इटलीलाई अमेरिकाले जितेको छ । अर्थात् कोरोनाको प्रकोपबाट अहिलेसम्म सबैभन्दा धेरै नागरिकको मृत्यु अमेरिकामा हुन पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार १ सय ३५ जनाको मृत्यु भै सकेको छ भने ५ लाख १६ हजार ६ सय ७५ जना प्रभावित बनेका छन् ।

तर यही समयमा इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ । अमेरिकामा आजमात्रै यो समाचार तयार गर्दासम्म १ हजार ३ सय ८८ जनाको ज्यान गै सकेको छ । यही अवधिमा इटलीमा ६ सय १९ जनाको ज्यान गएको छ । अमेरिकामा हिजो विश्वमा कोरोनाबाट एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको थियो । हिजो अमेरिकामा कोरोनाका कारण २ हजार ३५ जनाले ज्यान गुमाएका थिए । अमेरिकाको न्यूर्योक कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूर्योकमा कोरोनाका कारण हालसम्म ८ हजार ६ सय २७ जनाको ज्यान गएको छ ।

न्यूर्योकपछि न्यूजर्सी सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूजर्सीमा अहिलेसम्म २ हजार १ सय ८३ जना, मिचिगनमा १ हजार २ सय ८१, क्यालिफोर्नियामा ५ सय ९८, लुसियानामा ८ सय ६ जना, टेक्सासमा २ सय ५४ जनाको ज्यान गै सकेको छ । कोरोनाका कारण अमेरिकामा अधिकांश राज्यहरु प्रभावित बनेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले आम नागरिकहरुलाई सचेत बन्न आग्रह गरेको छ । अमेरिकामा पछिल्लो एक सातायता दैनिक १ देखि २ हजारको हाराहारीमा मानिसहरुको ज्यान गै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने

२०७७ फाल्गुन २२ गते शनिबार

०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर...

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...

झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...

Top