Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार
२९ अप्रिल, २०२१
काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागी भएर फर्केपछि कोरोना संक्रमण देखिएपछि काठमाडौंमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था गम्भीर बनेको छ । केहीसाता अघि भारतबाट फर्कने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र उनीहरुकी छोरी प्रेरणा शाह तीनैजनालाई कोरोना भारइरसको संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि केहीदिन घरमै आइसोलेसनमा बसेपनि संक्रमण बढ्दै गएपछि उनीहरु बैशाख ११ गते उपचारको लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा पूर्वराजारानीको उपचार चलिरहेको भएपछि गएरातिदेखि कोमललाई थप अक्सिजनको सपोर्ट आबश्यक भएकोले अति सघन उपचार कक्ष (आइसियुमा) सारिएको अस्पतालले जनाएको छ ।
उनलाई सास फेर्न गाह्रो भएपछि थप अक्सीजन सपोर्टको आबश्यक परेकोले आइसियुमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पताल स्रोतको भनाई छ । पूर्वराजा ज्ञानेन्द्रको अवस्था सामान्य रहेपनि उनलाई पनि अक्सिजनको सपोर्टमा उपचार गरिएको अस्पतालले जनाएको छ । उनीहरुको छोरी प्रेरणाको भने अस्पतालमा उपचार चरिरहेपनि अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इटलीको मिलानमा भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२०...
कोरोना संक्रमितको संख्या १२१२ पुग्यो, २४ घण्टामा १७० नयाँ संक्रमित थपिए
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु
२०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...
Top