प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


०६ फेब्रुअरी, २०२० ।
काठमाडौं । आफूलाई नेपाल प्रहरीका एकजना पूर्व डिएसपीले जर्वजस्ती करणी गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छन् । लतिलपुर बस्ने २१ वर्षकी गोमा केसी (नाम परिवर्तन) ले नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजूले आफूलाई १ वर्षअघि काम लिएर प्रहरीकोमा गएका बेला बर्दीमै बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।

उनले महानगरीय प्रहरी परिसर जावालाखेलमा पूर्व डिएसपी खिउजूविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । उनले चापागाउँस्थित प्रहरीकोमा प्रहरी रिपोर्ट बनाउन जाने क्रममा सहजीकरण गरिदिने बहानामा खिउजुले आफूलाई जर्वजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन् । त्यसपछि निरन्तररुपमा झण्डै एक वर्षसम्म आफूमाथि जर्वजस्ती गरेको भन्दै उनले पटक पटक प्रहरीको उजुरी दिनजाँदा प्रहरीले आफूलाई फर्काइदिने गरेको आरोप लगाएकी छन् ।

ती प्रहरी डिएसपीले पहिलो पटक आफूलाई २०७५ साल मंसिर ३० गते चिया खान लैजाने बहानामा होटलमा लगेर जर्वजस्ती गरेको उनले बताएकी छन् । उजुरीमा उनले घटनाको भिडियो खिचेको र घटनाको बारेमा कसैलाई बताईदिए भिडियोसमेत सार्वजनिक गरिदिने र ज्यानको समेत असुरक्षा हुने भन्दै खिउजूले थर्काउँदै आएको उल्लेख गरेकी छन् । घटनाको बारेमा सार्वजनिक हुने डरले हिउजूले केही समयअघि पदबाट राजिनामा दिएको बताइएको छ । उजुरी उपर प्रहरीले छानबिन अघि बढाउने जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...

७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा ७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

Top