Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० ।
काठमाडौं । आफूलाई नेपाल प्रहरीका एकजना पूर्व डिएसपीले जर्वजस्ती करणी गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छन् । लतिलपुर बस्ने २१ वर्षकी गोमा केसी (नाम परिवर्तन) ले नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजूले आफूलाई १ वर्षअघि काम लिएर प्रहरीकोमा गएका बेला बर्दीमै बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।
उनले महानगरीय प्रहरी परिसर जावालाखेलमा पूर्व डिएसपी खिउजूविरुद्ध उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । उनले चापागाउँस्थित प्रहरीकोमा प्रहरी रिपोर्ट बनाउन जाने क्रममा सहजीकरण गरिदिने बहानामा खिउजुले आफूलाई जर्वजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन् । त्यसपछि निरन्तररुपमा झण्डै एक वर्षसम्म आफूमाथि जर्वजस्ती गरेको भन्दै उनले पटक पटक प्रहरीको उजुरी दिनजाँदा प्रहरीले आफूलाई फर्काइदिने गरेको आरोप लगाएकी छन् ।
ती प्रहरी डिएसपीले पहिलो पटक आफूलाई २०७५ साल मंसिर ३० गते चिया खान लैजाने बहानामा होटलमा लगेर जर्वजस्ती गरेको उनले बताएकी छन् । उजुरीमा उनले घटनाको भिडियो खिचेको र घटनाको बारेमा कसैलाई बताईदिए भिडियोसमेत सार्वजनिक गरिदिने र ज्यानको समेत असुरक्षा हुने भन्दै खिउजूले थर्काउँदै आएको उल्लेख गरेकी छन् । घटनाको बारेमा सार्वजनिक हुने डरले हिउजूले केही समयअघि पदबाट राजिनामा दिएको बताइएको छ । उजुरी उपर प्रहरीले छानबिन अघि बढाउने जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...
आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान
२०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...
Top