अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

Best Khabar Team | २०७७ असार १५ गते सोमबार


२९ जुन, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण आगामी साउन ७ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले जिल्ला भित्र निजी सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार चल्न दिने यसअघिको निर्णयलाई कायम राख्दै हाल जारी लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको छ । पछिल्ला दिनहरुमा देशभर सरदर दैनिक ५ सयको हाराहारीमा नयाँ कोरोना संक्रमित बढ्दै गएपछि सरकारले जारी लकडाउनलाई बढाउने घोषणा गरेको हो ।

यस्तै सरकारले काठमाडौं उपत्यका आउनका लागि अनिवार्य रुपमा गृहमन्त्रालयले जारी गरेको पासका साथ काठमाडौं आएपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहितको पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । योसँगै गृहमन्त्रालयको पास लिएर काठमाडौं आएपछि अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

सरकारले यथास्थितिमा बढी मानिसहरुको जमघट हुने स्कुल, क्याम्पस, स्वीमिङ्ग पुललगायतलाई आगामी साउन ७ गतेसम्म सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...

पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन

२०७७ मंशिर २८ गते आइतबार

१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...

नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित) नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...

बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट) बेलायतमा पार्कबाट हराईरहेकी नेपाली बृद्दा मृत अवस्थामा भेटिइन् (अपडेट)

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वेस्टह्याम । बेलायतको राजधानी लण्डनबाट दक्षिण पूर्वमा...

Top