Best Khabar Team | २०७७ असार १४ गते आइतबार
२८ जुन, २०२०
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण संसारभर हालसम्म ५ लाख भन्दा बढी मानिसको मृत्यु भै सकेको छ । कोरोना भाइरससम्बन्धी सबै तथ्यांक अद्यावधिक गर्ने ओल्र्डोमिटर डटकमले उल्लेख गरेको तथ्यांक अनुसार आइतबार नेपाली समय अनुसार दिउँसोको पौने १ बजेसम्म विश्वका विभिन्न भागमा कोरोनाका कारण ५ लाख १ हजार ४ सय ४२ जनाको ज्यान गै सकेको छ ।

यस्तै विश्वका १ करोड ८८ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण फैलिइसकेको छ । यस्तै कोरोना लागेका मध्ये हालसम्म ५४ लाख ६६ हजार ५ सय ३४ जना निको भएर आफ्नो घर तथा काममा फर्केका छन् । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ अमेरिका । अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण १ लाख २८ हजार ४ सय ४२ जनाले ज्यान गुमाएका छन् । यस्तै ब्राजिलमा ५७ हजार १ सय ३, रसियामा ८ हजार ९ सय ६९, भारतमा १६ हजार १ सय ११, बेलायतमा ४३ हजार ५ सय १४, स्पेनमा २८ हजार ३ सय ४१, इटलीमा ३४ हजार ७ सय १६ र मेक्सिकोमा २६ हजार ३ सय ८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

गएको डिसेम्बर अन्तिम साताबाट चीनका बुहान प्रान्तबाट शुरुभएको कोरोना भाइरस यतिबेला विश्वका प्राय सबै देशमा फैलिइसकेको छ । कोरोना संक्रमण शुरुभएको ६ महिना वितिसक्दा पनि यसका कारण विश्वका विभिन्न देशमा अहिले पनि दैनिक सयौंको संख्यामा मानिसहरुको ज्यान गै रहेको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारतमा पनि कोरोनाको संक्रमण तीब्र बन्दै गएको छ । जसका कारण नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर उच्च बनेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
बेचिएर फर्किका बालबालिकाको ‘सर्कस’ काठमाडौंमा
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई...
अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द
२०७७ मंशिर २७ गते शनिबार
१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले...
Top