Best Khabar Team | २०७७ असार ९ गते मंगलबार
२३ जुन, २०२०
डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको रुपमा परिचित बदिपुर गाउँपालिकास्थित बन्दिपुर क्षेत्र कम्तीमा २ साताको लागि सिल गरिएको छ । स्वास्थ्यकर्मीलगायत केही गाउँलेमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले एक विज्ञप्ति निकालेर आगामी एक साताका लागि गाउँपालिका प्रवेश गर्ने सबै नाका सिल गर्दै स्थानीयलाई पनि गाउँबाट अयन्त्र नजानका लागि अनुरोध गरेको छ ।

तनुहँको बन्दिपुर गाउँपालिकामा हिजो एकैपटक ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएकाहरुलाई हाल स्थानीय आइसोलेसन सेन्टरमा राखेर उपचार थालिएको छ । सो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारी र सुरक्षाकर्मीलगायत ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई ‘रेड जोन’ को रुपमा घोषणा गरी सिल गरिएको गाउँपालिकाले जनाएको छ । संक्रमितहरुमा एकजना चिकित्सक, अर्का एक स्वास्थ्यकर्मी र केही स्थानीय सामाजिक क्षेत्रमा कार्यरत कर्मचारीहरु रहेको गण्डकी प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बन्दीपुर अस्पतालमा कार्यरत ती चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सो अस्पताल पनि कम्तीमा दुई साताका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्र्तगत सञ्चालित विभिन्न सार्वजनिक सेवाहरुपछि तत्कालका लागि बन्द गरिएको छ । तनुहँको बन्दिपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि अति नै महत्वपूर्ण र आकर्षक गन्तव्यको रुपमा रहेको छ । जहाँ पर्यटक सिजनका बेला दैनिक सयौं पर्यटकहरु पुग्ने गर्दछन् । जसका कारण बन्दिपुर बजारका बासिन्दा पूर्णरुपमा पर्यटनमा आश्रित रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा
२०७६ पुष ११ गते शुक्रबार
– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...
कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...
भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो
२०७७ जेठ २९ गते बिहिबार
११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...
सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६...
Top