भारत चीनबीचको सीमा विवाद : रुसको मध्यस्थतामा वार्ता हुँदै

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
नयाँदिल्ली । गएको सोमबार राती भारत चीन सिमावर्ती क्षेत्र लद्दाखमा भएको दुईदेशका सैन्य अधिकारीहरुबीचको भिडन्तपछि उत्पन्न परिस्थितिलाई लिएर रसियाको मध्यथतामा वार्ता हुने भएको छ । चीन र भारतका सैनिकबीच आज भएको उच्चस्तरको छलफलमा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको सो घटनापछि उत्पन्न परिस्थितिलाई लिएर रुसको मध्यस्थतामा वार्ता हुन लागेको हो ।

वार्तामा दुबै देशका विदेशमन्त्री र सचिवहरु सहभागि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो कन्फरेन्सको माध्यमबाट हुने योबार्ता आगामी जुन २३ का दिन हुने मिति तय भएको छ । रुसले भारत चीनबीच अहिले देखिएको बढ्दो तनावलाई कम गर्न सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ । भारत चीन सिमावर्ती क्षेत्र लद्याखमा गएको सोमबार सिमा सुरक्षामा खटिएका चीन र भारतका सैन्य अधिकारीबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।

घटनामा दुबै पक्षले आफूहरुको कमजोरी नरहेको बताउँदै आएका छन् । भारतले यो विषयमा रणनीति तय गर्नका लागि भोलि सर्वदलीय बैठकको आयोजना समेत गरेको छ । जुन २३ मा हुने दुईदेशबीचको वार्तामा उठाउने एजेन्डालगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त...

आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु

२०७९ फाल्गुन ३ गते बुधबार

१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...

पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै  ठूलो दुर्घटना पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...

Top