Best Khabar Team | २०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०
नयाँदिल्ली । गएको सोमबार राती भारत चीन सिमावर्ती क्षेत्र लद्दाखमा भएको दुईदेशका सैन्य अधिकारीहरुबीचको भिडन्तपछि उत्पन्न परिस्थितिलाई लिएर रसियाको मध्यथतामा वार्ता हुने भएको छ । चीन र भारतका सैनिकबीच आज भएको उच्चस्तरको छलफलमा २० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको सो घटनापछि उत्पन्न परिस्थितिलाई लिएर रुसको मध्यस्थतामा वार्ता हुन लागेको हो ।

वार्तामा दुबै देशका विदेशमन्त्री र सचिवहरु सहभागि हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भिडियो कन्फरेन्सको माध्यमबाट हुने योबार्ता आगामी जुन २३ का दिन हुने मिति तय भएको छ । रुसले भारत चीनबीच अहिले देखिएको बढ्दो तनावलाई कम गर्न सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ । भारत चीन सिमावर्ती क्षेत्र लद्याखमा गएको सोमबार सिमा सुरक्षामा खटिएका चीन र भारतका सैन्य अधिकारीबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको थियो भने केही घाइते भएका थिए ।
घटनामा दुबै पक्षले आफूहरुको कमजोरी नरहेको बताउँदै आएका छन् । भारतले यो विषयमा रणनीति तय गर्नका लागि भोलि सर्वदलीय बैठकको आयोजना समेत गरेको छ । जुन २३ मा हुने दुईदेशबीचको वार्तामा उठाउने एजेन्डालगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एउटा तस्वीरले जगाएको ‘मानवता’…
२०७६ पुष १८ गते शुक्रबार
– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...
सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...
६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...
नेपाल दर्शन २०२० : फोटो पत्रकारका २०० फोटो
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक...
Top