बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार


०५ फेब्रुअरी २०२०
काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता निवासको जग्गा भ्रष्टचार प्रकरणमा पहिलोपटक उच्च पदस्थ व्यक्तिविरुद्ध अख्तियारले मुद्दा चलाएको छ । यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दामा सानातिना घटना (बोलिचालिमा भनिँदै आएको सानोमाछा)लाई आधार मानेर मुद्दा चलाउँदै आएको भएपनि यो पटक भने ‘ठूलो माछा’ विरुद्ध नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पु-याउने कार्यमा संलग्न पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका वर्तमान उपसभापति विजय गच्छदारसहित अरु ३ जना पूर्वमन्त्री, २ पूर्वसचिवसहित १ सय ७५ जना विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर भएको हो । सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेल्ने अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात, पूर्वमन्त्री गच्छदार, डम्बर श्रेष्ठ, छविराज पन्त र चन्द्रदेव जोशीसमेतका विरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुबाट अबौं रुपियाँ बराबरको विगो रकम समेत दाबी गरेको छ । यसरी विगो दाबी गरिएकाहरुमा गच्छदारलाई ९ करोड ६५ लाख ७६, पूर्वमन्त्री जोशीविरुद्ध ७ करोड, ८ लाख ४८ हजार, श्रेष्ठमाथि ९ करोड, ६५ लाख ७६ हजार रुपैयाँ, पूर्वसचिव पन्तविरुद्ध ९ करोड, ६५ लाख, ७६ हजार अख्तियारकै पूर्वआयुक्त बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार, पूर्वसचिव दिनेश अधिकारीमाथि ७ करोड ८ लाख ४८ हजार रुपैयाँ विगो रकम माग गरिएको छ ।

यस्तै, सो जग्गा प्रकरणमा विचौलियाको भूमिका निर्वाह गर्ने शोभाकान्त ढकालविरुद्ध ३९ करोड, २७ लाख ६८ हजार र रामकुमार सुवेदीका विरुद्ध ५२ करोड, ५१ लाख ४० हजार बिगो दाबी गरिएको छ । सो घटनामा भाटभटेनी सुपरमार्केटका प्रमुख मिनबहादुर गुरूङका विरुद्ध पनि मुद्दा दायर भएको छ । उनका विरुद्ध ५२ करोड ५१ लाख रुपैयाँभन्दा बढी विगो दाबी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

बालुवाटारको ललितानिवासमा रहेको कित्ता नम्बर ३०९ र ३१५ को जम्मा आठ आना जग्गा उमा ढकाल र माधवी सुवेदीका नामबाट २०६१ पुस २९ गते विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा नामसारी गरिएको थियो ।

स्मरणीय के छ भने उमा ढकाल र माधवी सुवेदीलाई नक्कली जग्गा धनी बनाई सो जग्गा एमाले नेता विष्णु पौडेलको छोराको नाममा सारिएको थियो । घटना सार्वजनिक भएपछि अख्तियारले यो विषयमा सूक्ष्म अध्ययन गर्दै आएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

२०७६ चैत्र ३० गते आइतबार

१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...

स्वस्थानी व्रत–कथाको सामाजिक महत्व स्वस्थानी व्रत–कथाको सामाजिक महत्व

२०७६ मंशिर २३ गते सोमबार

यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...

अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...

Top