Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०
न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको सफल बसाई पछि अमेरिकाका दुईजना अन्तरिक्ष यात्री आइतबार शकुशल यहाँ फर्किएका छन् । विश्वव्यापी कोरोना महामारी तथा अमेरिका स्वयं विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित मुलुकको सूचीमा दर्ज भै रहँदा गएको मे ३० तारिखका दिन नासाले दुईजना अन्तरिक्ष यात्री राखेर एउटा रकेट अन्तरिक्षमा पठाएको थियो ।

अमेरिकी सेनाका पूर्व पाईलट रहेका बब बेहनकेन र डग हर्ले २ महिना भन्दा लामो समय समय अन्तरिक्षमा विताएर सकुशल पृथ्वीमा अवतरण गरेका हुन् । अन्र्तरिक्षमा मान्छे पठाएर सकुशल पृथ्वीमा फर्काउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले अमेरिकाले २ महिना अघि स्पेसएक्स नामक रकेट अमेरिकाको फ्लोरिडास्थित क्यानेडी स्पेस सेन्टरबाट अन्तरिक्षका लागि उडाएका थियो ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत नासाका उच्च बैज्ञानिकहरुको उपस्थितिमा स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकै रहेको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गर्दा त्यहाँको वातावरण खुसीले गुज्जयमान भएको थियो । यो अभियान सफल भएसँगै अमेरिका र नासाले भोलिका दिनमा अन्र्तरिक्षमा मानव पठाउनका लागि थप सहजता भएको प्रतिक्रिया दिएको छ ।
थप यो खबर पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
शुक्रबार मात्रै १४ कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या...
युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते
२०७९ फाल्गुन १७ गते बुधबार
०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...
बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको...
पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...
Top