७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा

Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार


२५ मार्च, २०१९
काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउन माग गर्दै एक ७५ वर्षीय बृद्धले सञ्चारमाध्यम गुहारेकी छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले यस्तो माग गरेकी हुन् । आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको सुनाईन् । उनले भनिन्,‘तर, उल्टै हामीले त्यो जग्गा हडेपेको आरोप लागेको छ, हामीमाथि ठूलो अन्याय भएको छ, न्यायको लागि धेरै ठाउँमा ढक्ढकायौं । तर, कतैबाट पनि अहिलेसम्म न्याय प्राप्त भएको छैन् ।’

सत्तारुढ दल नेकपाका नेता एवम् चितवनबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलको आडमा ‘लब्ली’ भनिने कृष्ण न्यौपाने र उनका सहोदर दाई भोजराज न्यौपानेले बारम्बार आफुहरुलाई धम्की तथा दबाव दिँदै आएको पनि लामाले गुनासो पोखिन् ।

राजनीतिक शक्तिको आडमा न्यौपाने दाजुभाईले आफुहरुलाई पटक–पटक दुःख दिएको उनको आरोप छ । उनले न्यायको लडाई लड्न सर्वाेच्चबाट निस्सा पाउन नसकेको दुःखेसो समेत पोखिन् । श्रीमानको निधन भएदेखिनै आफूहरुले पटक–पटक परिचालित मान्छेहरुबाट मानसिक तथा शारिरिक रुपमा पीडा पाईरहेकोे उनले सुनाईन् । उनले थपिन्,‘त्यो जग्गा मैले नै जंगल काटेर खेतियोग्य बनाएको हो । २०४४ सालमा जग्गा दर्ताको समयमा पनि मेरै नाममा दर्ता गराएको जग्गा कसरी र कहिले अन्य ब्यक्तिको नाममा दर्ता भयो, यसबारेमा मलाई कुनैै जानकारी छैन् ।’

उनकाअनुसार जोताहा पुर्जा आफ्ना स्वर्गीय पति बिकु लामाको नाममा जारी थियो । उनले भनिन्,‘त्यसको प्रमाण हामीसंग अझैपनि सुरक्षित छ ।’ हाल आफ्नो घरको ‘कम्पाउण्ड’भित्र रहेको जग्गा १३ जनाले किनबेच गरिसकेको पनि लामाले जनाईन् । २०७० सालमा बिपक्षीहरुले आफु र आफ्नी छोरीमाथि २ कठ्ठा १७ धुर जग्गा जबरजस्ती कब्जा गरेको आरोपमा उल्टै मुद्दा चलाएको उनले सुनाईन् ।

आफुहरुमाथि चलाएको उक्त मुद्दाको प्रतिउत्तर दिँदै आउँदा जिल्ला अदालत चितवनले न्याय नदिएको पनि उनले दुःखेसो पोखिन् । उनले थपिन्,‘जिल्ला अदालतमा हामीले न्याय नपाउँदा उच्च अदालतपनि गयौं, तर उच्च अदालतले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दे हामीलाई नै उल्टो दोषी देखायो । हामीमाथि अदालतबाट पनि न्याय भएन् । हामी धेरै दुःखी छौं ।’ आफूले निस्सा प्राप्त गरि पाँउ भनेर सर्वाेच्च अदालतमा निवेदनसमेत दिएको उनले सुनाईन् । सर्वाेच्चले पनि निस्सा नदिँदा आफु न्यायको लडाई लड्नबाट बञ्चित भएको उनको गुनासो छ ।

आफ्ना विपक्षीहरुले २०७० बैशाख २८ गते उनीहरुको जग्गा अतिक्रमण गरेको भनेर भ्रामक बिषयबस्तु बनाई झुठो मुद्दा दायर गरेको उल्लेख गर्दै उनले भनिन्,‘हामीमाथि झुठो मुद्दा चलाईयो, त्यो उनीहरुको जग्गा हड्प्ने षड्यन्त्र थियो ।’
सर्वोच्चबाट मुद्दा जितेको भन्दै विपक्षी न्यौपानेले आफूहरुले भोगचलन गर्दै आएको जग्गा मागेको पनि उनले सुनाईन् । तर, अहिलेसम्म विपक्षीहरु सर्वोच्च अदालतमा नआएको उनको दाबी छ । उनले भनिन्,‘सर्वोच्च अदालतबाट अहिलेसम्म हामीले भोगचलन गर्दै आएको जग्गाबाट हट्नको लागि कुनै लिखित आदेशपत्र आएको छैन् ।

उनीहरुले हामीलाई हटाउनको लागि यस्तो प्रपञ्च रचेका हुन् ।’ पीडित लामाकी कान्छी छोरी ‘पिंकी’ भनिने सुकरानी लामा श्रेष्ठले जिल्ला अदालतको निर्णयलाई उच्च अदालतले पनि सदर गरेकोमा आफुहरु थप पीडामा परेको गुनासो पोखिन् ।

आफूहरुले उच्च अदालतबाट न्याय नपाएपछि सर्वाेच्च अदालतको ढोका ढक्कढकाएको उनले सुनाईन् । उनले थपिन्,‘उच्च अदालतबाट हामीलाई उल्टै जग्गा हड्प्ने अपराधी बनाईयो, त्यसैले हामी बाध्य भएर न्यायको लागि सर्वोच्च अदालतसम्म आईपुगेका छौं । अब सर्वोच्चले न्याय दिन्छ भन्नेमा हामी आशावादी छौं ।’ आफूहरुलाई कि न्याय दिनुपर्ने होईन भने राज्यले अपराधी करार गरेर जेलचलान गर्नुपर्ने उनको माग छ । सर्वाेच्चबाट निस्सा पाउनुपर्ने आफूहरुको एकमात्रै माग रहेको र उक्त मुद्दा नजिर बन्नुपर्ने उनको भनाई छ । विगत ५३ वर्षदेखि निरन्तर रुपमा जग्गा भोगचलन गर्दे आएको ब्यक्तिलाई कानुनले पनि हद म्यादको आधारमा उक्त जग्गाबाट उठिबास लगाउन नसक्ने उनको भनाई छ ।

उनले फिरादमा लिईएको कुरा बाहिर ल्याउनुपर्ने समेत माग गरिन् । आम नागरिकले पाउनुपर्ने अधिकारबाट आफुहरु बञ्चित भएको पनि उनले गुनासो पोखिन् । उनले आफना पुर्खाले दुःखले आर्जेको सम्पत्तिमा आँखा लगाउँदैमा आफुहरुको पराजय नहुने जिकिर गरिन् ।  उनले अघि थपिन्,‘मेरी आमाले २०१९ सालमा जंगल फाँडेर यो जग्गालाई कृषियोग्य बनाउनुभयो र भोगचलन गर्दै आउनुभएको हो । तर, आमा जिउँदो प्रमाण हुँदाहुँदै पनि हामीलाई अन्यायमा पारियो ।’

विपक्षीहरुले आफ्नी आमालाईनै भोगचलन गर्दै आएको जग्गा अतिक्रमण गरेको भनेर झुठो आरोप लगाएको उनले सुनाईन् । उनले थपिन्,‘आमाले नै बनाएको सम्पत्ति कसरी उहाँले नै अतिक्रमण गर्नुहुन्छ ? यस्तो आरोप लगाउन मिल्छ त ?’  आफुहरुले कसैको जमिन अतिक्रमण नगरेको र नलुटेको बरु उल्टै प्रहरी प्रशासनको रोहबरमा आफूहरुको जग्गाभित्र आएर जग्गा हड्प्न खोजेको सबै स्थानीयवासीहरुले देखेको पनि उनले स्मरण गराईन् ।

२०६९ माघ २३ गते तीन धुरको चलन नचलाईकनै मुचुल्कामा चलन बुझिलिएको भनेर झुटो मिसिल तयार पारिएको प्रमाण पनि आफुहरुसंग सुरक्षित रहेको उनले जानकारी दिईन् । मिसिलमा आफ्नो पुरानो घर (आफ्न्त जित बहादुर तामाङ र सर्कीनी तामाङ अहिलेपनि बस्दै आएको ) तर अदालती कागजमा सो तीन धुर जमिनमा बनेको घर खालि गरिसकेको झुटो बिवरण पेश गरेकोपनि उनको आरोप छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो नेपालले मे १५ सम्म सबै आन्तरिक तथा बाह्य उडानमा रोक लगायो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी जेठ २ गते...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

Top