Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर गर्दै अगामी असार १६ गते मंगलबार अर्थात् जुन ३० तारिख सम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले सम्भावित कोरोना जोखिमलाई मध्यनजर गर्दै यसअघि लगाईँदै आएको विमान उडानमाथिको प्रतिबन्धको समयलाई थप्ने निर्णय गरेको हो ।
यसअघि सरकारले आगामी जेठ ३१ अर्थात् जुन १३ सम्मको लागि अन्र्तराष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने घोषणा गरेको थियो । यसअघि छिमेकी मुलुक भारतले पनि आजै मन्त्रीपरिषद्को बैठक बसेर तत्कालका लागि सीमा नाका तथा विमान सेवा सञ्चालन नगर्ने बताएको केही घण्टापछि नै नेपाल सरकारले पनि तत्काल विमान सेवा सञ्चालन नगर्ने निर्णय गरेको हो ।
नेपालका तराईससहित ५६ जिल्लामा हालसम्म कोरोना संक्रमित भेटिएको र भारतबाट नेपाल आउने मजदुरहरु हजारौंको संख्यामा क्वारेन्टाइनमा रहेकोले सम्भावित कोरोनालाई मध्यनजर गर्दै आगामी जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा पनि आजैको मन्त्रीपरिषद् बैठकले गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...
उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै
२०७६ आश्विन २५ गते शनिबार
१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...
आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...
गोर्खाको लापुडाँडामा गएको पहिरोले स्थानीय नौली खोला थुनियो
२०७७ श्रावण १० गते शनिबार
२५ जुलाई, २०२०आरुघाट, गोरखा । अविरल वर्षात्का कारण गोर्खामा...
Top