राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर गर्दै अगामी असार १६ गते मंगलबार अर्थात् जुन ३० तारिख सम्मका लागि सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले सम्भावित कोरोना जोखिमलाई मध्यनजर गर्दै यसअघि लगाईँदै आएको विमान उडानमाथिको प्रतिबन्धको समयलाई थप्ने निर्णय गरेको हो ।

यसअघि सरकारले आगामी जेठ ३१ अर्थात् जुन १३ सम्मको लागि अन्र्तराष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने घोषणा गरेको थियो । यसअघि छिमेकी मुलुक भारतले पनि आजै मन्त्रीपरिषद्को बैठक बसेर तत्कालका लागि सीमा नाका तथा विमान सेवा सञ्चालन नगर्ने बताएको केही घण्टापछि नै नेपाल सरकारले पनि तत्काल विमान सेवा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

नेपालका तराईससहित ५६ जिल्लामा हालसम्म कोरोना संक्रमित भेटिएको र भारतबाट नेपाल आउने मजदुरहरु हजारौंको संख्यामा क्वारेन्टाइनमा रहेकोले सम्भावित कोरोनालाई मध्यनजर गर्दै आगामी जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा पनि आजैको मन्त्रीपरिषद् बैठकले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा

२०७६ जेठ २ गते बिहिबार

१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक...

बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित) बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

Top