सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका र मगन्ते मुक्त देश भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेपालका सडकमा अब अब भिख माग्ने मान्छे र वेवारिसे अवस्थामा बसेका सडक बालबालिकालाई देख्न नपाईने दाबी गरे ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सडक बालबालिका र सडकमा भिखमाग्ने मान्छेहरु परेकोले अब यो अभियानले सार्थकता पाएको बताए । उनले भने –“कोरोनाको महामारीपछि माननीय ज्यूहरु विश्वका विभिन्न देशमा पुगेर प्रबचन दिनुहन्छ होला । त्यतिबेला गर्वका साथ भन्नुहोला नेपाल अब भिखारी र सडक बालबालिका मुक्त देश भयो भनेर ।’’ प्रधानमन्त्री ओलीले अब मुलुकमा कसैले भीख मागेर खान नपर्ने र सडकमा मागेर बस्ने तथा वेवारिसे बालबालिकालाई समेत देख्नु नपर्ने बताए ।

सरकारले जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न विषयलाई विशेष महत्वका साथ हेरिरहेको भन्दै भोलिका दिनमा अब कामकै लागि विदेश जाने अवस्था नआउने उनको दाबी छ । रुकुम घटना तथा क्वारेन्टाइनमा महिला बलात्कृत भएको दुबै घटना दुःखद भएको भन्दै घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्ने स्पष्ट पारे ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...

पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर) पोर्चुगलमा बर्षासँगै हावाहुरीको वितण्डा, दर्जनबढी घरहरु रुखले च्यापे (फोटो फिचर)

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ बेस्टखबर प्रतिनिधि, आल्बुफेरा । युरोपेली मुलुक...

ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

२०७७ फाल्गुन २३ गते आइतबार

०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...

अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन :  देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो

२०८२ जेठ २९ गते बिहिबार

१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...

Top