नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य हवाई उडानमा लगाउँदै आएको प्रतिबन्ध ३ साता थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय सरकारी संयन्त्रले यसअघि आजसम्मका लागि यात्रुबाहक हवाई जहाजहरुको नियमित आन्तरिक तथा बाह्य उडानमाथि (जेठ ३२ गते) आजसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

तर पछिल्ला केहीदिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि नियमित हवाई उडानमाथिको प्रतिबन्ध थप २१ दिन बढेको छ । यो निर्णय पछि अब आगामी जेठ २१ गते (जुलाई ५, २०२०) सम्म देशभित्र र बाहिरबाट कुनैपनि यात्रुबाहक विमानले नेपालमा नियमति उडान भर्ने छैनन् । तर विदेशमा रहेका यात्रुहरुलाई लिएर आउने चार्टर उडान तथा नेपाल भित्रैबाट हुने चार्टर उडानमा भने सरकारको अनुमति लिएर सञ्चालन हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्ति ।

सरकारले गएको चैत्र ५ गतेदेखि लकडाउन शुरु गरेर त्यसको केहीदिनपछि हवाई उडानमाथि पनि प्रतिबन्ध लगाउँदै आएको थियो । पछिल्लो पटक असार १ गतेबाट आन्तरिक उडानका लागि अनुमति दिने तयारी गरेको भएपनि तराईका जिल्लामा कोरोना महामारीको रुपमा फैलिइरहेको भन्दै असार २१ सम्मका लागि उडान अनुमति रोकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...

‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी ‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...

पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा...

Top