विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा, पक्राउ गर्न प्रहरीलाई बाटो खुल्यो

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार


१६ फेब्रुअरी, २०२०
काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा काँग्रेस उपसभापति विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

ठगी र किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गर्न सहयोग गर्ने गच्छदारसमेत ४ पूर्वमन्त्रीसहित १७२ जना विरुद्ध आज महाराजगञ्जस्थित नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी परेको हो । यसअघि गृहमन्त्रालयले मुद्दाको जाहेरी तयार गरेको थियो । अब यो मुद्दा दर्ता भएसँगै नेपाल प्रहरीलाई घटनाको विषयमा छानबिनका लागि आरोपीहरुलाई पक्राउ गर्न र आवश्यक अनुसन्धान प्रक्रिया थप अघि बढाउन बाटो खुलेको छ ।

गच्छदारसहितका आरोपीहरु यदि अदालतबाट दोषी ठहर भएको खण्डमा उनीहरुले हिनामिना गरेको रकम असुल उपर गर्न सम्पत्ति जफत तथा १० वर्षसम्मको कैद सजयाँ हुनसक्नेछ । यसअघि अख्तियारले १२ दिन अघि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित) खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत...

Top