बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २ सय ५९ जना यात्रु लिएर नेपाल बायुसेवा निगमको चार्टर उडान काठमाडौं प्रस्तान गरेको छ । नेपाल बायुसेवा निगमको वाईड बढीको सो विमान यहाँ रोकिएका नेपाली विद्यार्थी तथा अन्य काम विशेषले बंगलादेशमा रहेका नेपालीहरुलाई लिएर काठमाडौंको लागि उडेको हो । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको सो विमान कोरोनाका कारण अलपत्र बनेका नेपालीहरुको उद्दारका लागि भन्दै आज बिहान राजधानी ढाका आइपुगेका थियो ।

फाइल तस्वीर ।

ढाकामा जम्मा भएका नेपाली विद्यार्थी, कामदार तथा काम विशेषले बंगलादेशका विभिन्न ठाउँमा रोकिएका नेपालीहरुलाई लिएर विमान मध्यान्ह काठमाडौं उडेको हो । चिकित्सक, इन्जिनियरिङ्गलगायतका विभिन्न विषयमा अध्ययनका लागि बंगलादेशमा सयौं नेपालीहरु रहँदै आएका छन् । कोरोनाका कारण गरिएको लकडाउनका कारण उनीहरु नेपाल जान पाएका थिएनन् । यस्तै बंगलादेशलाई कर्मथलो बनाउनेहरु र घुमघामका लागि आएकाहरु पनि लकडाउनका कारण यतै रोकिएका थिए ।

नेपाल सरकारले हालै विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्दार गर्ने योजना सार्वजनिक गरेको थियो । सो योजना अनुसार नेपालमा लकडाउन खुल्ने तयारी हुँदा आज पहिलोपटक विदेशबाट राष्ट्रिय ध्वजाबाहक विमानले नेपालीको उद्दार गरेको हो । ढाकाबाट उडेको विमान नेपालको समय अनुसार दिउँसो करिब ३ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ ।

उनीहरुलाई शुरुमा काठमाडौंका विभिन्न स्थानमा बनाइएका होल्डिङ्ग सेन्टरमा राखिने र त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउनेगरी तयारी सरकारले गरेको छ । काठमाडौंमा नेपाली सेनाले होल्डिङ्ग सेन्टर र क्वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...

के नेपालमा उल्का पिण्ड खसेकै हो त ? के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा ! कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

२०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...

Top