यी १२ सांसद जसले संविधान संशोधन प्रस्तावमाथिको मतदानमा सहभागिता जनाएनन्

Best Khabar Team | २०७७ जेठ ३१ गते शनिबार


१३ जुन, २०२०
काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित तयार भएको नेपालको नयाँ नक्सालाई समावेश गरेर तयार पारिएको नयाँ निसान छाप पारित गर्नका लागि आज प्रतिनिधिसभा भएको मतदानमा केही सांसदहरु अनुपस्थित रहेका थिए ।

नयाँ निसान छाप पारित गर्नका लागि भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा विभिन्न राजनीतिक दलसम्बद्ध १२ जना सांसदहरु अनुपस्थित भएका हुन् । संसद सचिवालय स्रोतले दिएको जानकारी अनुसार प्रतिनिधिसभामा हाल कायम रहेको २ सय ७५ सांसद मध्ये २ सय ५८ जनाले मात्रै संविधान संशोधनको पक्षमा मतदान गरेका थिए ।

सचिवालयका अनुसार संविधान संशोधनको विधेयकमाथि मतदानमा सहभागी नहुने सांसदहरुमा हरिबोल गजुरेल, शिवकुमार मण्डल, प्रमोद शाह, दुरालीदेवी खत्वेनी, धनबहादुर बुढाा, गोपालबहादुर बम, अमृतादेवी अग्रहरी रहेका छन् । यस्तै सूर्यनारायण यादव, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल र सूर्यबहादुर केसीले पनि मतदानमा सहभागीता जनाएनन् ।

यसमध्येमा गिरीले आजको संसद बैठकमा उपस्थिति जनाएको भएपनि बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन् । विभिन्न अभियोगमा सांसदहरु रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार र हरिनारायण रौनियारको सांसद पद भने अहिले निलम्बनमा परेको छ ।

यी बाहेक अन्य १२ जना सांसद बैठकमा किन अनुपस्थित भए भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन । राष्ट्रिय स्वाधिनताको पक्षमा भएको यो ऐतिहासिक बैठक र मतदान कार्यक्रममा सांसदहरु अनुपस्थित हुनुलाई आम नागरिकले भने अनौठो र दुःखद भएको प्रतिक्रिया दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

आबुधावी दुर्घटना  अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित) आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

Top