Best Khabar Team | २०७७ २९ गते बिहिबार (11/06/2020 AD)
प्रदिप शर्मा/ काठमाडौं ।
आज जेठ २९ गते । नेपालको इतिहाँसमा जेठ २९ ले विशेष महत्व राखेको छ । २ सय ४० वर्ष लामो जहानिया राजतन्त्रको मुलुकबाट विधिबत् रुपमा अन्य भएको दिन । आजभन्दा १२ वर्ष अगाडि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले २ सय ४० वर्षदेखि आफ्ना पिता पूर्खाहुँदै चलेको निरन्तरताको परम्परालाई छाडेर नेपालको राजगद्दी त्यागेका थिए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै मुलुकबाट राजतन्त्र हटाउने अभियानमा जुटेका दलहरुको आन्दोलनले पूर्णता पाएसँगै जनमतको कदर गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले दरबार छाडेका थिए ।
२०६५ जेठ २९ गते साँझ ५ बजे ज्ञानेन्द्र तत्कालीन बडामहारानी कोमल शाहसँगै राजदरबारबाट बाहिरिएको आज १२ वर्ष पुरा भयो । काठमाडौंको दरबारमार्गमा रहेको नारायणहिटी राजबारबाट उनी सिधै काठमाडौंको नागार्जुनमा रहेको अर्को दरबारमा गएका थिए । २०६५ साल जेठ १५ गते भएको पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतन्त्र घोषणा गर्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबार छाड्न १५ दिनको अल्टिमेटम दिएलगत्तै उनले जेठ २९ गते दरबार छाडेको घोषणा गरेका थिए । दरबारमा उपस्थित सयौं पत्रकार र सञ्चारमाध्यम अगाडि अत्यन्तै शालीन र भद्र ढंगले प्रस्तुत हुँदै ज्ञानेन्द्रले आफूले जनमतको कदर गरेर यो निर्णय लिएको भन्दै राष्ट्रियताप्रति आफू सँधै बफादार रहने बताएका थिए ।
अहिले मुलुकमा राजतन्त्र हटेको १२ वर्ष पुरा भएको छ । यसबीचमा मुलुक संघीय संरचनामा गै सकेको छ । तर अहिलेको संघीय व्यवस्था प्रति नेतादेखि जनतासम्म अधिकांश असन्तुष्ट देखिएका छन् । विगतमा एउटा राजा वा महाराजालाई स्वीकारेको देशमा अहिले गाउँदेखि शहरसम्म राजा महाराजाको जीवन शैली विताईरहेका जनप्रतिनिधिको गतिविधिले आम नागरिमा चरम निराशा छाउन थालेको छ । सामाजिक सञ्जाल र अन्य सञ्चारमाध्यमबाट जनताले यस्ता कार्यको कटाक्ष गर्न थालेका छन् । मुलुकमा पछिल्लो एक दशकयता भै रहेको भ्रष्टाचार र अराजनैतिक गतिविधिबाट दिक्क बनेका कतिपय नागरिकहरु फेरि राजतन्त्रकै पक्षमा वकालत गर्न थालेका छन् ।
विगतमा धेरैले सोचेका थिए मुलुकबाट राजतन्त्र हटेपछि जनताको छोरो वा छोरी राष्ट्रप्रमुख बन्दछन्, यसले मुलुकलाई विकास र अन्य हिसावले परिवर्तन गराउँदछ, तर १२ वर्षमा बगेको खोलो समेत फर्कन्छ भन्ने उखान सुनेका नेपालीहरुले यो १२ वर्ष केवल राजनीतिक अस्थिरता, भ्रष्टाचार कमिसनतन्त्रलगायतका गैरराजनीतिक गतिविधिकै सेरोफोरोबाट गुजारेका छन् ।
अहिले केन्द्रीय सरकारदेखि प्रदेश र स्थानीय तहसम्म भ्रष्टाचारको नाममा अरबौं रुपियाँ हिनामिना भै रहँदा समेत त्यसलाई नियन्त्रण गर्ने र यस्तो कार्यमा संलग्नलाई कारबाही नहुँदा जनतामा चरम निराशाबाहेक अरु केही देखिँदैन । विगतमा धेरैले सोचेका थिए मुलुकबाट राजतन्त्र हटेपछि जनताको छोरो वा छोरी राष्ट्रप्रमुख बन्दछन्, यसले मुलुकलाई विकास र अन्य हिसावले परिवर्तन गराउँदछ, तर १२ वर्षमा बगेको खोलो समेत फर्कन्छ भन्ने उखान सुनेका नेपालीहरुले यो १२ वर्ष केवल राजनीतिक अस्थिरता, भ्रष्टाचार कमिसनतन्त्रलगायतका गैरराजनीतिक गतिविधिकै सेरोफोरोबाट गुजारेका छन् । पछिल्लो १२ वर्षमा सत्ताको लागि राजनीतिक पार्टीहरुबीच हुने गरेको टुटफुट तथा अस्वाभाविक मिलनलाई आम जनताले पचाउन सकिरहेका छैनन् । यसबीचमा विदेशी हस्तक्षपले पनि सिमा नाघेको छ ।
पछिल्लो पटक लिपुलेक क्षेत्रमा भएको भारतीय पक्षको एकलौटी सडक निर्माण यसैको उदाहरण हो । यस्तै आफू र आफ्नाको अनुकलका लागि गरिने कतिपय राजनीतक निर्णयहरुलाई ‘जनताको निर्णय’ भनिदिँदा करोडौं जनताका मन कटक्क खाने गरेको छ । विशेषत पछिल्लो यो एक दशकमा राजनीतिको नाममा मौलाएको भ्रष्टाचार, राजनीतिको नाममा हुने विभिन्न खाले आपराधिक घटनालगायतले जनतामा चरम निराशा बाहेक अरु केही देखिएको छैन ।
भलै संघीयताले दुर दराजका जनताका कतिपय कामहरु घर आँगनमै वा आफ्नै गाउँठाउँमै सम्पन्न हुने अवस्था सिर्जना त गरिदिएको छ, त यो भन्दा बढी करोडौंको भ्रष्टाचारका कारण मुलुक विस्तारै खोक्रो बन्ने र व्यक्ति धनी हुने अवस्था देखिन थालेको छ । जुन भावी पुस्ता र भविष्यको लागि निक्कै खतरापूर्ण हुने देखिन्छ । पछिल्ला दिनहरुमा नेपाली जनताले चुनेर पठाएका नेताहरुले देखाउने अपरिपक्वता र गैरजिम्मेवार व्यवहारका कारण अब नेपाली जनताले फेरि राजतन्त्रकै पक्षमा वकालत समेत गर्न थालेका छन् ।
आफू र आफ्नाको अनुकलका लागि गरिने कतिपय राजनीतिक निर्णयहरुलाई ‘जनताको निर्णय’ भनिदिँदा करोडौं जनताका मन कटक्क खाने गरेको छ । विशेषत पछिल्लो यो एक दशकमा राजनीतिको नाममा मौलाएको भ्रष्टाचार, राजनीतिको नाममा हुने विभिन्न खाले आपराधिक घटनालगायतले जनतामा चरम निराशा बाहेक अरु केही देखिएको छैन ।
उनीहरुले अहिले मुलुकको विकास र जनताको समस्यालाई केन्द्रभागमा राखेर काम गर्ने नेता तथा राजनीति व्यवस्थाको खोजी गरिरहेका छन् । त्यसो त जनतामात्रै होइन नारायणहिटीबाट बाहिरिएका पूर्वराजा पनि अहिलेको व्यवस्था र राजनीतिज्ञको व्यवहार र कार्यशैलीप्रति रुष्ट देखिएका छन् । उनले बेलाबखत यसको विरुद्धमा आफ्ना अभिव्यक्तिहरु पनि सार्वजनिक गरिरहेका छन् । यी समग्र अवस्थालाई मध्यनजर गर्दा यदि बेलैमा राजनीतिक दल र नेताहरुले विगतका आन्दोलनको मर्म र भावनालाई आत्मसाथ गर्दै सहिदको रगतको सम्मान गर्दै देश र जनताको पक्षमा काम नगर्ने हो भने भोलिका दिनमा यो व्यवस्था के हुन्छ भन्न सकिने अवस्था छैन ।
अहिले कोरोनाको महामारीका बीचपनि राजनीति पाटी र नेताहरुबाट रहेका भ्रष्टाचारजन्य कार्यको नागरिकहरुले खुलेर विरोध गर्न थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारलगायतका स्थानमा अहिले पनि लकडाउनकै बीच दैनिक रुपमा हजारौं युवायुवती भेला भएर प्रदर्शन शुरु गर्न थालेका छन् । योक्रम पोखरामा पनि शुरु भै सकेको छ । भोलिका दिनमा यो आन्दोलन देशव्यापी बन्ने निश्चित छ ।
समय परिवर्तनशिल छ, त्यसैले अहिले जनता सचेत छन् । भोलिका दिनमा सिँगो देश जागेको अवस्थामा त्यसबाट उत्पन्न हुने आक्रोशरुपी भेलले अहिलेको व्यवस्था र राजनीतिक दलहरुलाई नबढार्ला भन्न सकिन्न । त्यसैले दल र तिनका नेताहरुले यसतर्फ बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।
२०८२ १५ गते सोमबार (28/04/2025 AD)
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२०७७ २३ गते मंगलबार (05/05/2020 AD)
A picture of the the snow-capped peaks of the...
२०७७ २३ गते शुक्रबार (07/08/2020 AD)
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
२०७८ ८ गते शुक्रबार (23/07/2021 AD)
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...
२०७७ १६ गते शुक्रबार (29/01/2021 AD)
२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको...
Top