Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०
सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण कोरियासँगको सम्बन्धलाई लिएर अमेरिकाले उत्तर कोरियाली सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका बेला उत्तर कोरियाले यस्तो नगर्न अमेरिकालाई चेतावनी दिएको छ । हालै उत्तर कोरियाले छिमेकी दक्षिण कोरियासँगको सबै सञ्चार सम्पर्क विच्छेद भएको घोषणा गरेलगत्तै अमेरिकाले त्यसको विरोध गर्दै विज्ञप्ति निकालेको थियो ।

अमेरिकाको यो प्रतिक्रिया आएलगत्तै उत्तर कोरियाले दक्षिण कोरियासँगको सञ्चार सम्पर्क विच्छेद गर्ने कुरा त्तरको नितान्त व्यक्तिगत कुरा भएकोे भन्दै यस्ता विषयमा अनावश्यक रुपमा नबोल्नका लागि अमेरिकालाई चेतावनी दिएको हो । उत्तर कोरियाका विदेश मन्त्रालय अन्र्तगत अमेरिकी मामिलासम्बन्धी महानिर्देशक कोन जोङ गुनले उत्तर कोरियाका गतिविधिमा अनावश्यक चासो लिने र बोल्ने गरेमा आगामी चुनावलाई समेत असर पर्नसक्ने चेतावनी दिएका छन् । उनले कोरियाली मामलाका बारेमा मौन रहनका लागि अमेरिकी सरकार र राष्ट्रप्रमुखलाई चेतावनी दिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर कोरियाका सर्वोच्च नेत किम जोङ्ग उलतर्फ इंगित गर्दै गुनले भने –‘ आगामी नोभेम्बरमा सम्पन्न हुन गैरहेको राष्ट्रपतिय चुनाव र शान्त रुपमा सम्पन्न गराउने सोचमा अमेरिका रहेको भए कोरियाको आन्तरिक मामिलामा मौन रहनु उसको हितमा हुनेछ ।’ अमेरिकाको यस्ता गतिविधिले उत्तर कोरियासँगको राजनीति विग्रनुका साथै अमेरिकाको राजनीतिमा पनि गम्भीर असर पर्न सक्ने चेतावनी उसले दिएको छ । आगामी नोभेम्बरमा नयाँ राष्ट्रपति चयनको प्रक्रियामा अमेरिका जुटेकै बेला उत्तर कोरियाले आफूहरुको बारेमा बोल्दा ‘जिब्रो सम्हाल्न’ अमेरिकालाई भनेको हो ।
केहीदिन अघि दक्षिण कोरियाले आफूहरुलाई सत्रुतापूर्ण व्यवहार गरेको भन्दै उत्तर कोरियाले दक्षिणसँगको सबै सञ्चार सम्पर्क विच्छेद भएको घोषणा गरेको थियो । यसको २४ घण्टा वित्न नपाउँदै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति आपत्ति जनाएको थियो । त्यसको जवाफ दिँदै उत्तर कोरियाले अमेरिकालाई आफूहरुको देशको मामिलामा मौन रहन भनेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अनुभूति–निबन्ध लेखनले जुटाइदिएको अवसर
२०७६ मंशिर २३ गते सोमबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...
Top