Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान भोलि काठमाडौंका लागि उड्ने तयारीमा जुटेको छ ।

कुवेतस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार कुवेतको समय अनुसार बुधबार बिहान ७ बजे सरकारी सेल्टरमा रहेका नेपालीहरुलाई लिएर जजिरा एयरवेजको विमान काठमाडौंका लागि प्रस्तान गर्नेछ । यसरी पहिलो चरणमा कुवेतबाट नेपाल लैजान लागिएकाहरुमा बालबालिका र उनका आमा बुबा, विरामी, दीर्घरोगका कारण औषधी खाइरहेकाहरु, नेपालमा आफन्त गुमाएकालगायत उच्च प्राथमिकतामा परेकाहरु रहेको बताइएको छ । कुवेती सरकारको सेल्टरमा रहेका उनीहरुलाई यहाँको प्रहरीले सेल्टरबाटै उठाएर विमानस्थल हुँदै विमानसम्म पु-याउनेछ ।
त्यसपछि उनीहरुलाई विमानमा राखेर नेपाल पठाउने तयारी भै रहेको छ । यसरी उद्दार गर्न लागिएकाहरु विगत लामो समयदेखि नेपाल फर्कन मागगर्दै कुवेतस्थित नेपाली दुतावास अगाडि पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै आएकाहरु रहेका छन् । उनीहरुमध्ये कतिपयको कुवेत बसाईको भिषा समेत सकिएको छ । यस्तै कतिपयले तोकेको कम्पनीभन्दा बाहिर गएर काम गर्ने गरेको र चेकजाँचका क्रममा उनीहरुलाई यहाँको सरकारले पक्राउ समेत गरेको थियो । कतिपयले कारबाही समेत भोगेका छन् ।
केहीलाई भने सरकारले कोरोना कहरकै बीच कारबाही तथा अन्य कानुनी उल्झनबाट मुक्त गरिदिएको थियो । भोलि पहिलो चरणमा १ सय ६८ जनालाई लिएर विमान उड्ने भएपनि आवश्यकता अनुसार आउँदा दिनमा नेपाली दुतावासँग समन्वय गरेर थप उडान गर्न सकिने कुवेत सरकारको भनाई छ । कुवेतमा हाल करिब ४ हजारको संख्यामा नेपालीहरु नेपाल जाने पर्खाईमा रहेको बताइएको छ । (*सच्चाईएको । )

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकी राष्ट्रपति ट्रम्प बेलायतको राजकीय भ्रमणमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...
आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...
कक्षा ११ को बोर्ड परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने, एसईईका विद्यार्थीलाई साउन १५ भित्र लब्धांकपत्र दिने तयारी
२०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
Top