१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान भोलि काठमाडौंका लागि उड्ने तयारीमा जुटेको छ ।

फाइल तस्वीर : एयर जजिरा

कुवेतस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार कुवेतको समय अनुसार बुधबार बिहान ७ बजे सरकारी सेल्टरमा रहेका नेपालीहरुलाई लिएर जजिरा एयरवेजको विमान काठमाडौंका लागि प्रस्तान गर्नेछ । यसरी पहिलो चरणमा कुवेतबाट नेपाल लैजान लागिएकाहरुमा बालबालिका र उनका आमा बुबा, विरामी, दीर्घरोगका कारण औषधी खाइरहेकाहरु, नेपालमा आफन्त गुमाएकालगायत उच्च प्राथमिकतामा परेकाहरु रहेको बताइएको छ । कुवेती सरकारको सेल्टरमा रहेका उनीहरुलाई यहाँको प्रहरीले सेल्टरबाटै उठाएर विमानस्थल हुँदै विमानसम्म पु-याउनेछ ।

त्यसपछि उनीहरुलाई विमानमा राखेर नेपाल पठाउने तयारी भै रहेको छ । यसरी उद्दार गर्न लागिएकाहरु विगत लामो समयदेखि नेपाल फर्कन मागगर्दै कुवेतस्थित नेपाली दुतावास अगाडि पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै आएकाहरु रहेका छन् । उनीहरुमध्ये कतिपयको कुवेत बसाईको भिषा समेत सकिएको छ । यस्तै कतिपयले तोकेको कम्पनीभन्दा बाहिर गएर काम गर्ने गरेको र चेकजाँचका क्रममा उनीहरुलाई यहाँको सरकारले पक्राउ समेत गरेको थियो । कतिपयले कारबाही समेत भोगेका छन् ।

केहीलाई भने सरकारले कोरोना कहरकै बीच कारबाही तथा अन्य कानुनी उल्झनबाट मुक्त गरिदिएको थियो । भोलि पहिलो चरणमा १ सय ६८ जनालाई लिएर विमान उड्ने भएपनि आवश्यकता अनुसार आउँदा दिनमा नेपाली दुतावासँग समन्वय गरेर थप उडान गर्न सकिने कुवेत सरकारको भनाई छ । कुवेतमा हाल करिब ४ हजारको संख्यामा नेपालीहरु नेपाल जाने पर्खाईमा रहेको बताइएको छ । (*सच्चाईएको । )



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२ नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

‘छक्कापञ्जा-४’ आउँदै :  निमार्ण दिपकराज गिरीले गर्ने ‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

२०७६ पुष १२ गते शनिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

Top