Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरे नुकुरुन्जाको हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका राष्ट्रपति पियरेको हिजो अस्पतालमा निधन अस्पतालमा निधन भएको थियो । तर यहाँको सरकारले भने आज मात्रै उनको उनको मृत्युको बारेमा औपचारिक जानकारी ट्वीटरमार्फत गराएको छ । केहीदिन अघि एउटा भलिबल खेलमा सहभागी भएका बेला उनलाई एक्कासी हृदयघात भएको बताइएको छ ।

त्यसलगत्तै उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा गएराति उनको निधन भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खेल मैदानमै हृदयघात भएपनि उनलाई बुरुन्डीको पूर्वी क्षेत्रमा रहेको एटटा अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । सन् १९६४ को डिसेम्बरमा जन्मिएका उनी यहाँको राजनीतिक दल ‘नेशनल काउन्सिल फर दि डिफेन्स अफ डेमेक्रेसीसँग सम्बद्ध थिए ।

उनी विगत १५ वर्षदेखि बुरुन्डीका राष्ट्रपतिको रुपमा रहेका थिए भने आगामी अगस्टसम्म उनको कार्यकाल रहेको थियो । उनीपछिको अर्को राष्ट्रपति चयनका लागि केहीसाता अघि मात्रै यहाँ चुनाव भएको थियो । बुरुन्डीमा नयाँ बन्ने राष्ट्रपतिले कार्यकाल कम्तीमा ७ वर्ष रहने व्यवस्था छ । उनकी श्रीमती र पाँचजना बालबालिका रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...
Top