अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरे नुकुरुन्जाको हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका राष्ट्रपति पियरेको हिजो अस्पतालमा निधन अस्पतालमा निधन भएको थियो । तर यहाँको सरकारले भने आज मात्रै उनको उनको मृत्युको बारेमा औपचारिक जानकारी ट्वीटरमार्फत गराएको छ । केहीदिन अघि एउटा भलिबल खेलमा सहभागी भएका बेला उनलाई एक्कासी हृदयघात भएको बताइएको छ ।

त्यसलगत्तै उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा गएराति उनको निधन भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खेल मैदानमै हृदयघात भएपनि उनलाई बुरुन्डीको पूर्वी क्षेत्रमा रहेको एटटा अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । सन् १९६४ को डिसेम्बरमा जन्मिएका उनी यहाँको राजनीतिक दल ‘नेशनल काउन्सिल फर दि डिफेन्स अफ डेमेक्रेसीसँग सम्बद्ध थिए ।

उनी विगत १५ वर्षदेखि बुरुन्डीका राष्ट्रपतिको रुपमा रहेका थिए भने आगामी अगस्टसम्म उनको कार्यकाल रहेको थियो । उनीपछिको अर्को राष्ट्रपति चयनका लागि केहीसाता अघि मात्रै यहाँ चुनाव भएको थियो । बुरुन्डीमा नयाँ बन्ने राष्ट्रपतिले कार्यकाल कम्तीमा ७ वर्ष रहने व्यवस्था छ । उनकी श्रीमती र पाँचजना बालबालिका रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...

पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण...

कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह

२०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

Top