Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियासँगको सबै सञ्चारसम्पर्क विच्छेद गरेको घोषणा गरेको छ । पछिल्लो समयमा दक्षिण कोरियाले आफूहरुलाई सत्रुको रुपमा व्यवहार गरेको भन्दै उत्तर कोरियाका सर्वोच्च कमान्डर किम जोङ्गको निर्देशनमा यस्तो घोषणा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले सैन्य हटलाईनलगायत सबैखाले सैनिक सम्पर्क तथा अन्य साधारण सम्पर्क पनि आजदेखि लागू हुने गरी विच्छेद गरेको जनाएको छ । योसँगै अब उत्तर कोरियाले दक्षिण कोरियासँगको यसअघिको ‘डिटेन्ट’लाई उल्टाउने र शत्रुबत व्यवहार गर्ने स्पष्ट पारेको छ । पछिल्लो समयमा दक्षिणले उत्तरका बारेमा अनावश्यक अफवाह फैलाएको तथा आफूहरुलाई शत्रुबत व्यवहार गरेको उत्तरको आरोप छ ।
तर दक्षिणले भने यो विषयमा कुनै प्रतिक्रिया जनाइएसकेको छैन । उत्तरका सर्वोच्च नेता किम जोङ्ग केहीसाता अघि भूमिगत भएका बेला उनका बारेमा अनावश्यक हल्ला फैलाउन दक्षिणले भूमिका खेलेको भन्दै दक्षिणप्रति उत्तर रुष्ट बनेको हो ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...
काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै
२०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...
काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...
Top