नेपालको तेश्रो राष्ट्रपति बने रामचन्द्र पौडेल, सोमबारबाट पदभार सम्हाल्दै

Best Khabar Team | २०७९ फाल्गुन २६ गते शुक्रबार


१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको छ । विभिन्न ९ दलबीच भएको गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार भएको राष्ट्रपति निर्वाचनको परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङ्गलाई भारी मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी एमाले उम्मेद्वार सुवास नेम्वाङ्गलाई १८ हजार २ सय ८४ मतान्तरले पराजित गराएका हुन् । पौडेल ३२ हजार ८ सय २ मत पाएसँगै नेपालको तेश्रो राष्ट्रपति बनेका हुन् । यसअघि २ कार्यकालसम्म एमालेकै तर्फबाट विद्यादेवी भण्डारी राष्ट्रपति बनेकी थिइन् । उनको दोश्रो कार्यकाल आगामी आइतबारबाट सकिँदैछ । मुलुकमा संघीय गणतन्त्र स्थापना भएसँगै पहिलोपटक नेपाली काँग्रेका नेता एवं पूर्वस्वास्थ्यमन्त्री रामबरण यादव मुलुकको पहिलो राष्ट्रपति बनेका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार एक औपचारिक कार्यक्रमकाबीच राष्ट्रपतिको पदभार सम्हाल्ने छन् ।

को हुन् रामचन्द्र पौडेल ?
२००१ साल असोजमा तनहुँमा जन्मिएका पौडेल २०१७ देखि सक्रियरुपमा राजनीतिमा लागेका थिए तत्कालीन राजा महेन्द्रले विश्वेश्वरप्रसाद कोइरालालाई जेल हालेपछि त्यसको विरुद्दमा आफू राजनीतिमा होमिएको पौडेले बताउँछन् । त्यसको लगत्तै २०१८ सालमा नेपाली काँग्रेसले गरेको क्रान्तिमा होमिएका पौडेल २०२७ सालमा स्थापना भएको नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । यस्तै, ०३३ सालमा बीपी कोइराला भारतको निर्वासन जीवनबाट फर्किएलगत्तै उनीसँगै राजनीतिक बाटोमा अघि बढे ।

त्यसयता उनले नेपाली काँग्रेस पार्टीभित्र रहेर सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आए । फलस्वरुप उनी २०४४ सालबाट काँग्रेसको केन्द्रीय सदस्य बनेसँगै प्रजातन्त्रको पुर्नस्थापना पछि २०४८ मा भएको चुनावमा तनुहँको क्षेत्रनम्बर १ बाट निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ चुनाव जितेसँगै ५ वर्ष सभामुखको जिम्मेवारीमा रहेका थिए । यस्तै २०५६ सालमा तनहुँ २ बाट चुनाव जितेकासँगै त्यसको १ वर्षपछि उनी २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीकोको भूमिका रहेका थिए ।

०६२–०६३ को जनआन्दोलन पछि बनेको सरकारमा उनी शान्ति तथा पुननिर्माणमन्त्रीको रुपमा रहेका थिए । २०६७ साउनबाट शुरु भएको प्रधानमन्त्री चुनावी दौरानमा १७ पटक पराजित बनेका थिए । त्यसपछि उनले केही समय नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । १३ औं महाधिवेशनमा उनी शेरबहादुर देउवासँग पराजित बनेका थिए । उनले राजनीतिक जिवनमा पटक पटक गरी १५ वर्ष जेल सजाय जीवन कटाएका छन् । उनी काँग्रेस भित्र सादगी तथा त्यागी नेताको रुपमा चिनिन्छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’ इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’

२०७७ असार ९ गते मंगलबार

२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

२०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...

कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना...

सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित) सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

२०७८ बैशाख १२ गते आइतबार

२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...

Top