अमेरिका : कतै ब्यापक हिमपात कतै भीषण डढेलो

Best Khabar Team | २०८१ पुष २४ गते बुधबार


०८ जनवरी, २०२५
बन्दना सापकोटा, न्यूयोर्क, अमेरिका । संयुक्त राज्य अमेरिकाको विभिन्न राज्य व्यापक हिमपात तथा डँढेलोबाट प्रभावित बनेको छ । केहीदिनअघि शुरुभएको हिमपातका कारण केही राज्यमा केहीले ज्यान समेत गुमाएको खबरहरु सार्वजनिक भै रहँदा अमेरिकाकै केही राज्यमा मंगलबारबाट डँढेलो शुरु भएको छ । जसका कारण दशौं हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । उत्तरी ध्रुबबाट आएको चिसो हावासका कारण मध्य एट्लान्टिक क्षेत्रबाट शुरुभएको हिमआँधीबाट अमेरिकाको भजिर्नियालगायतका सात राज्यमा व्यापक हिमपात भएको छ ।

यो अमेरिकामा पछिल्लो १० वर्षयताको सबैभन्दा ठूलो हिमआँधी भएको अमेरिकी अधिकारीहरुको भनाई छ । आँधीका कारण मध्य अमेरिकाका झण्डै ६ करोड मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यहरुले जनाएका छन् । हिमपात र हावाहुरीका कारण देशका विभिन्न स्थानमा हालसम्म ५ जनाको मृत्यु भएको तथा सयौं दुर्घटनाहरु भएको बताइएको छ । भर्जिनियालगायत धेरै ठाउँमा ८ देखि १० इन्च बाक्लो हिउँ जमेको छ । हिमपतका कारण सडक, घर र सवारी साधनहरु हिँउले ढाकेको अवस्थामा छन् ।

मध्य र पूर्वी अमेरिकामा हिमपातका चिसोका कारण रेल र सडक सेवा अवरुद्ध भएको छ । हवाई यातायात पनि नराम्ररी प्रभावित भएको छ । हिउँदे हावाहुरीका कारण मुलुकभर १४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको विमानस्थानका अधिकारीहरुलाई उद्दृत गर्दै स्थानीय समाचारहरुमा उल्लेख गरिएको छ । सरकार उद्धार टोली बनाएर विभिन्न प्रदेशमा खटाएको भएपनि उद्दारमा कठिनाई भै रहेको छ । हिमपात नरोकिउन्जेसम्म मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। सडकबाट हिउँ हटाउन विभिन्न क्षेत्रमा दर्जनौ टोलीहरु खटिएका छन् ।

यता अमेरिकाको क्यालिफोर्नियामा हिजोदेखि भीषण डेँढेलो फैलिएको छ । क्यालिफोर्निया राज्य तथा लसएन्जलस क्षेत्रमा हिजोदेखि शुरुभएको डँढेलो हालसम्म झण्डै ७ वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । अधिकारीहरुले आगो नियन्त्रणमा लिनका लागि सयौं दमकल, हेलिकोप्टर तथा अग्निनियन्त्रकहरुलाई खटाएका छन् ।

तस्वीरहरु साभार : इन्टरनेट ।

१६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलिरहेका कारण आगो नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन् । डँढेलोका कारण त्यस क्षेत्रमा रहेका करिब ३ हजारभन्दा बढी घरहरु जोखिममा परेका छन् । सुरक्षा अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरिक्षत स्थानमा जानका लागि भनेका छन् । प्यासिफिक प्यालिसेड्सबाट सुरु भएको डँढेलोका कारण स्थानीयहरु घर तथा सवारी साधन छाडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।

व्यापक हावाहुरीका कारण आगलागी नियन्त्रणमा लिन कठिनाई भएको बताइएको छ । आगलागीका कारण अहिलेसम्म मानवीय क्षति भने नभएको सुरक्षा निकायले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’ कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

Top