बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार


२८ जनवरी, २०२१
वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै नेपाल सरकारले यसअघि लगाउँँदै आएको (बेलायत–काठमाडौं) एकतर्फी उडानप्रतिबन्ध आजैबाट लागूहुने हटाउने निर्णय गरेको छ । यो निर्णयसँगै अब बेलायतबाट वा बेलायत हुँदै नेपाल जाने सबै यात्रुहरुले नेपाल प्रवेश गर्न पाउने भएका छन् । तर त्यसका लागि सरकारले निश्चित मापदण्ड भने तय गरेको छ ।

नेपालस्थित बेलायती दुतावासले नेपाल सरकारलाई उद्दृत गर्दै जारी गरेको विज्ञप्ति अनुसार तत्कालका लागि बेलायतबाट नेपालमा हुने सबै उडान प्रतिबन्धहरु हटेको छ । बेलायतका साथै आयारल्याण्ड र युरोपेली मुलुक माल्टाबाट समेत लगाईको उडान प्रतिबन्ध यो आदेशसँगै खुल्ला भएको छ ।

लण्डनस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्ति ।

तर बेलायत हुँदै नेपाल जाने यात्रुहरुले विमान चढ्न ७२ घण्टाभित्र कोरोनाको पिसिआर चेक गरेको र त्यसमा ‘नेगेटिभ’ रिपोर्ट आएको प्रमाण पेश भने विमानस्थलमा अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । यस्तै उनीहरु नेपाल पुगेपछि कम्तीमा ५ दिन होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि विमानस्थलमै यात्रुले काठमाडौंमा ‘अनिवार्य क्वारेन्टाइन’का लागि होटल बुक गरेको प्रमाण देखाउनुपर्नेछ ।

लण्डनस्थित नेपाली दुतावासले आज जारी गरेको विज्ञप्ति अनुसार नेपाल जाने यात्रुहरुले माथिका सबै सर्तलाई अनिवार्य रुपमा पालना गरेको र नेपाल जाने यात्रुले यात्राका सबै विवरण र माथि उल्लेखित गरिएको प्रावधानको प्रतिलिपि दुतावासमा पेश गर्नुपर्ने छ ।

केही समयअघि बेलायतमा कोरोना भाईरसको ‘परिवर्तित स्वरुप’ देखिएको र यो भाइरस निक्कै आक्रमण रहेको भन्दै नेपालसहित अधिकांश युरोपेली देशहरुले अन्यदेशबाट बेलायत हुँदै आउने यात्रु वा बेलायतबाट सिधै आफ्नो देश आउने यात्रुबाहक विमानमाथि तत्कालका लागि प्रतिबन्ध लगाएका छन् । युरोपका अधिकांश देशले यो प्रतिबन्ध जारी राखेपनि नेपालले भने यो निर्णय फुकुवा भएको घोषणा गरेको छ ।

कोरोना भाइरसको दोश्रो लहर अन्र्तगत बेलायतमा अहिले फैलिएको कोरोना भाइरसका कारण संक्रमित तथा नयाँ मृतकको संख्या दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टायता (बेलायती समय अनुसार बिहीबार साँझ ७ बजेर ३२ मिने जाँदा) बेलायतमा कोरोनाका कारण १ हजार २ सय ३९ जनाले ज्यान गुमाएका छन् भने यस अवधिमा थप २८ हजार ६ सय ८० जनामा कोरोनाको संक्रमण देखिएको कोरोना संक्रमणसम्बन्धी विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

२०७७ श्रावण ९ गते शुक्रबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक...

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

२०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...

अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट) अन्नपूर्ण आधार शिविरमा फसेका ५ सिंगापुरे पर्यटकको सकुशल उद्दार, २ नेपालीसहित ४ विदेशी अझै सम्पर्क बिहिन (अपडेट)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा...

Top