बझाङ्गमा भीषण पहिरो : १८ घर बगायो, ७ वेपत्ता, २ जनाको शव भेटियो

Best Khabar Team | २०७७ असार २० गते शनिबार


०४ जुलाई, २०२० चैनपुर, बझाङ्ग । गएराति परेको अविरल वर्षात्का कारण गएको पहिरोमा परी बझाङ्गका केदारस्युँ गाउँपालिकाको मल्लेसीमा स्थानीय १८ वटा घर बगाएको हो । घर बगाउँदा हालसम्म ९ जना वेपत्ता भएका थिए । तर वेपत्ता भएका मध्ये २ जनाको शव भेटिएको घटनास्थलमा खटिएका स्थानीय वासिन्दाले जनाएका छन् ।

मृतक तथा वेपत्ता भएकोहरुको सनाखत हुन सकेको छैन । सो घटनामा परी ७ जना अझै वेपत्ता रहेका छन् । पहिरोमा परी २ वटा घरमा क्षति पुगेको र १८ वटा घर भने बगाएको छ । घटनास्थलमा हाल स्थानीय वासिन्दाले वेपत्ताहरुको खोजी कार्य अघि बढाईएको छ । ४० घरधुरी रहेको सो स्थानमा अहिलेपनि पहिरो झरिरहेको स्थानीयको भनाई छ । जिल्ला सदरमुकामबाट पनि उद्दारका लागि भन्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनातर्फ अघि बढेका छन् ।

घर घटनास्थल विकट स्थानमा रहेको र हिडेर त्यहाँ पुग्नुपर्ने भएकाले कतिपय स्थानमा पहिरोले बाटो समेत अवरुद्ध भएकोले पहिरो हटाउँदै सुरक्षाकर्मीहरुको टोली घटनास्थल जाँदै गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

२०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...

कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर) कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)

२०७६ चैत्र २२ गते शनिबार

पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

२०७६ असार ८ गते आइतबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...

बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री

२०७९ कार्तिक ७ गते सोमबार

२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...

Top