सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज साँझ सम्पन्न बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गएको मंसीरमा हृदयघातका कारण बोर्डका तत्कालीन अध्यक्ष अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्ड विगत ६ महिनादेखि अध्यक्ष विहिन बनेको थियो ।

दाहाल झण्डै २ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । उनले दर्जनौं नेपाली चलचित्रको निर्देशन समेत गरेका छन् । बोर्ड अध्यक्षका लागि सञ्चार मन्त्रालयले नाम प्रस्ताव गर्न चलचित्रकर्मीहरुलाई अनुरोध गरेकोमा १० हालसम्म जनाले नाम बुझाएका थिए । बुझाइएका नाममध्ये मन्त्रालयले दयाराम दाहाल र राजेश थापा र भुबन केसीको नाम अध्यक्षका प्रत्यासीको रुपमा मन्त्रीपरिषद् बैठकमा पेश गरेको थियो । मन्त्रीपरिषद् बैठकले दाहालको नाममा सहमति जुटाएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी ! उत्तर कोरियाली राष्ट्रपति सकुशल रहेको दक्षिण कोरियाका सरकारी अधिकारीको दाबी !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले...

तिलिचोको ‘तिलस्मी जादू’ तिलिचोको ‘तिलस्मी जादू’

२०७६ असार ३ गते मंगलबार

कसरी पुग्ने तिलिचो ? पहिलो बाटो यो ताल पुग्न...

अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो अमेरिकामा कोरोना : ११ को मृत्यु, १ सय ६० भन्दा बढी संक्रमित, १५ राज्यमा कोरोना फैलियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० – सुनिल तिवारी, न्यूर्योक । चीनको...

नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...

Top