शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु भएको ‘निसर्ग’ चक्रवात नामको आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् । ‘निसर्ग चक्रवात’ नाम दिइएको सो मौसमी आँधीले नेपालको पूर्वी क्षेत्र , काठमाडौं उपत्यकालगायत सिँगो देशभरमा प्रभाव छाड्नसक्ने बताइएको छ ।

तस्वीर साभार : इन्टरनेट

तर देशको पूर्वी क्षेत्रमा यसको प्रभाव बढी देखिने र पश्चिमी क्षेत्रमा प्रभाव विस्तारै कम हुने अनुमान मौसमविद्हरुले गरेका छन् । हिजो भारतबाट शुरुभएको यो मौसमी परिवर्तनले आगामी शुक्रबार तथा शनिबार नेपालका पूर्वी क्षेत्रमा भीषण वर्षा र चट्याङ्को सम्भावना रहेको छ । नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि देखाएको छ । यसको प्रभावले भारतको पुनेमा २ जनाको ज्यान गै सकेको छ भने केही घाइते भएका छन् ।

आँधीको सम्भावित प्रभावलाई मध्येनजर गर्दै भारत पुनेका अधिकांश गाउँलाई खाली समेत गराइएको छ । भारतबाट हिजो शुरु भएको यो मौसमी परिवर्तनको प्रभाव कम्तीमा ४ दिनसम्म जारी रहने मौसमविद्हरुले जनाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते...

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

२०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

Top