नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार


०३ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा शिक्षण अस्पतालमा उपचारत एक पुरुषको कोरोनाबाट निधन भएको छ ।

शिक्षण अस्पतालको गणेशमान भवन

उनी दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षका पुरुष रहेका छन् । उनको शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसनको आइसियू कक्षमा उपचार भै रहेको थियो । काठमाडौंको सिनामंगलमा रहेको काठमाडैं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर बनेपछि जेठ १४ गते राति शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

शुरुमा उनी टाउकोमा चोट लागेर अस्पताल भर्ना भएका थिए । यसअघि नेपालका विभिन्न जिल्लामा सुत्केरी महिलासहित ८ जनाको निधन कोरोना संक्रमणकै कारण भएको पुष्टि मन्त्रालयले गरिसकेको छ । यस्तै देशभर २ हजार ३ सय जनामा कोरोना संक्रमण भएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म  बन्द गर्ने सरकारको निर्णय हवाई उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...

सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते

२०७६ माघ १९ गते आइतबार

०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...

Top