Best Khabar Team | २०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९
काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझा विरुद्ध उजुरी दिएकी छन् । प्रहरीका अनुसार आफूलाई पटक पटक श्रीमान्ले पिट्ने गरेको तथा अन्य घरेलु हिंसा गर्ने गरेको सिल्पाले प्रहरी परिसर टेकुमा दिन दिन अघि दिएको उजुरीमा उल्लेख छ ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार सिल्पाको उजुरी पछि आज दुबैजनालाई प्रहरी कार्यालयमा बोलाएर जानकारी लिन खोजेको थियो । तर ओझाले आफू विरामी भएकोले आज आउन नसक्ने भनेपछि भोलि दिउँसोको लागि बोलाइएको छ ।
चलचित्र अभिनेत्री शिल्पाले अर्की चलचित्र अभिनेत्री रेखा थापाकी पूर्व पति ओझासँगै ३ वर्षअघि विवाह गरेकी थिइएन् । रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि ओझासँग सिल्पाको सम्बन्ध बाक्लिएको थियो ।
ओझाले नै सिल्पालाई चलचित्रमा पहिलोपटक ल्याएका थिए । चलचित्र लज्जाबाट उनलाई ओझाले डेब्यू गराएका थिए । उहाँहरुबीचको सम्बन्धमा पछिल्लो केही समययता दरार आएको उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...
कोरोनाका कारण स्थगित २०७६ को एसईई परीक्षा नगर्ने सरकारको निर्णय, विद्यालयको आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गरिने
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र...
Top