Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०
नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका दर्जनौं देशहरुलाई पछि पार्दै भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमितहरु भएको मुलुकको सातौ नम्बरमा परेको छ । भारतमा जनवरी ३० तारिखको दिन पहिलो कोरोना संक्रमित भेटिएको थियो । तर त्यसको करिब २ महिनासम्म पनि भारतमा तुलनात्मक रुपमा थोरै सँख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

गएको मार्च महिनापछि भने भारतमा दैनिकरुपमा हजारौंको संख्यामा संक्रमितहरु बढ्दै गएका छन् । फलस्वरुप फ्रान्स, इरान, चीनलगायतका कोरोनाबाट अत्यन्तै प्रभावित मुलुकहरुलाई पछि पार्दै भारत विश्वमै ७ औं कोरोना प्रभावित मुलुकको सूचीमा परेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९९ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ हजार ६ सय १२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ ।
यस्तै ९५ हजार ८ सय ७५ जना कोरोनालाई जितेर उपचारपछि घर फर्केका छन् । भारतभन्दा माथि क्रमश इटली, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका रहेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुक अमेरिकामा १८ लाख ६० हजार ६ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ६ हजार ९ सय ४५ जनाको ज्यान गै सकेको छ । यस्तै ब्राजिलमा ५ लाख २९ हजार ४ सय ५ जनामा संक्रमण देखिएको छ भने ३० हजार ४६ जनाको उपचारका क्रममा ज्यान गएको छ । यस्तै ब्राजिलमा २ लाख ११ हजार ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

रसियामा विश्वको सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीमा तेश्रो नम्बरमा परेको छ । रसियामा हालसम्म ४ लाख २३ हजार ७ सय १८ जनामा कोरोना देखिएको छ । रसियामा ५ हजार ३७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यस्तै चौथो नम्बरमा रहेको स्पेनमा हालसम्म २ लाख ८६ हजार ७ सय १८ जना संक्रमित भेटिएका छन् । स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यता बेलायतमा हालसम्म २ लाख ७६ हजार ३ सय ३२ जनामा कोरोना देखिएको छ भने ३८ हजार ४५ जनाको कोनाकै कारण ज्यान गएको छ ।
इटली विश्वमा कोरोना संक्रमितको सूचीमा भारतभन्दा एकस्थान माथि रहको छ । छौठौ नम्बरमा रहेको इटलीमा हालसम्म २ लाख ३३ हजार १ सय ९७ जनाको ज्यान गएको छ । इटलीमा हालसम्म ३३ हजार ४ सय ७५ जनाको ज्यान कोरोनाकै कारण गै सकेको छ । भारतमा लकडाउनको समय जारी रहेपनि दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित भेटिइरहेपनि सरकारले आन्तरिक उडान भने सूचारु गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा
२०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...
सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
Top