Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०
नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका दर्जनौं देशहरुलाई पछि पार्दै भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमितहरु भएको मुलुकको सातौ नम्बरमा परेको छ । भारतमा जनवरी ३० तारिखको दिन पहिलो कोरोना संक्रमित भेटिएको थियो । तर त्यसको करिब २ महिनासम्म पनि भारतमा तुलनात्मक रुपमा थोरै सँख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

गएको मार्च महिनापछि भने भारतमा दैनिकरुपमा हजारौंको संख्यामा संक्रमितहरु बढ्दै गएका छन् । फलस्वरुप फ्रान्स, इरान, चीनलगायतका कोरोनाबाट अत्यन्तै प्रभावित मुलुकहरुलाई पछि पार्दै भारत विश्वमै ७ औं कोरोना प्रभावित मुलुकको सूचीमा परेको हो । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९९ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण देखिएको छ भने ५ हजार ६ सय १२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ ।
यस्तै ९५ हजार ८ सय ७५ जना कोरोनालाई जितेर उपचारपछि घर फर्केका छन् । भारतभन्दा माथि क्रमश इटली, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका रहेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित रहेको मुलुक अमेरिकामा १८ लाख ६० हजार ६ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ६ हजार ९ सय ४५ जनाको ज्यान गै सकेको छ । यस्तै ब्राजिलमा ५ लाख २९ हजार ४ सय ५ जनामा संक्रमण देखिएको छ भने ३० हजार ४६ जनाको उपचारका क्रममा ज्यान गएको छ । यस्तै ब्राजिलमा २ लाख ११ हजार ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

रसियामा विश्वको सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीमा तेश्रो नम्बरमा परेको छ । रसियामा हालसम्म ४ लाख २३ हजार ७ सय १८ जनामा कोरोना देखिएको छ । रसियामा ५ हजार ३७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यस्तै चौथो नम्बरमा रहेको स्पेनमा हालसम्म २ लाख ८६ हजार ७ सय १८ जना संक्रमित भेटिएका छन् । स्पेनमा २७ हजार १ सय २७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यता बेलायतमा हालसम्म २ लाख ७६ हजार ३ सय ३२ जनामा कोरोना देखिएको छ भने ३८ हजार ४५ जनाको कोनाकै कारण ज्यान गएको छ ।
इटली विश्वमा कोरोना संक्रमितको सूचीमा भारतभन्दा एकस्थान माथि रहको छ । छौठौ नम्बरमा रहेको इटलीमा हालसम्म २ लाख ३३ हजार १ सय ९७ जनाको ज्यान गएको छ । इटलीमा हालसम्म ३३ हजार ४ सय ७५ जनाको ज्यान कोरोनाकै कारण गै सकेको छ । भारतमा लकडाउनको समय जारी रहेपनि दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित भेटिइरहेपनि सरकारले आन्तरिक उडान भने सूचारु गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा कोरोनाबाट एकैदिन १ सय ७ को मृत्यु, संक्रमितको संख्या ७८ हजार नाघ्यो
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...
कोरोना संक्रमित बढ्न थालेपछि बेल्जियमको एन्तोर्पिनमा दैनिक साढे ६ घण्टा कर्फ्युको घोषणा
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...
Top