तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी तथा फलफूलहरु नष्ट गरिएको घटना सार्वजनिक भै रहँदा कृषि तथा पशुपन्छी मन्त्रालयले यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले आज विज्ञप्ति निकालेर कृषकको मनोबल खस्कने यस्ता कार्य नर्गन नगराउन सबैको ध्यानाकर्षण गराएको छ ।

किसानहरुले दुःख गरेर आर्जन गरेको कृषि सामग्रीहरु नष्ट गरिँदा कृषिउपज खेर जाने तथा भोलिका दिनमा फेरि आयातमै भर पर्नुपर्ने भएकाले बेलैमा यस्ता कार्य रोक्न मन्त्रालयले आग्रह गरेको छ । भोलिका दिनमा यस्ता गतिविधि नदोहोरियोस् भन्नेतर्फ सबै निकायलाई बेलैमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले यसअघि नै कृषि तथा पशुपन्छी उपजहरुको ढुवानी र विक्री वितरणका कामहरु सूचारु गर्न सम्बन्धित निकायलाई आफूहरुले आग्रह गरेको विषयलाई पनि पुनः स्मरण गराएको छ । विज्ञप्तिमा निर्वाध रुपमा कृषि उपज, तरकारी तथा पशुपन्छीजन्य बस्तुको नियमअनुसार विक्रीवितरण गराउन सबैलाई आग्रह समेत गरेको छ ।

कोरोना रोगको संक्रमण फैलने भन्दै स्थानीय जनप्रतिनिधिहरुकै संलग्नतामा कास्कीको पोखरालगायत देशका पश्चिमी क्षेत्रका केही स्थानमा किसानले उत्पादन गरेको तरकारीहरु खाल्डो खनेर गाडिएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध हुँदै आएको छ । चिकित्सकहरुले पनि राम्ररी धोइ पखाली गरी पकाएर खाने तरकारीमा कोरोना नसर्ने बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ...

बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता बिकट हिमाली जिल्ला बाजुरामा एकै परिवारका ५ जना वेपत्ता

२०७७ आश्विन १९ गते सोमबार

०५ अक्टोबर, २०२०मार्तडी, बाजुरा । विगत ४ दिनदेखि वेपत्ता...

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित) अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

२०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...

Top