Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०
काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पाल्पाको निस्दी गाउँपालिकामा १७ र ३६ वर्ष उमेरका २ जना पुरुष, नवलपरासीको सरावल गाउँपालिकामा ६ वर्षका एक बालक, गुल्मीको रेसुंगा नगरपालिकामा २६ वर्षका पुरुष, कपिलबस्तुको मायादेवी गाउँपालिकामा १९ देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा ३ वर्षकी बालिका र ५४ वर्षका पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेका छ ।

यो सँग सम्बन्धित अघिल्लो समाचार तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त
२०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...
भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...
Top