चरित्र अभिनेता ठकुरीको निधन

Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार


३१ मे, २०२०
काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज ब्रह्मलीन भएका छन् । विभिन्न खाले दीर्घ रोगबाट पीडित ठकुरीको आज बिहान साढे ११ बजे ललितपुरको बागडोलस्थित आफ्नै निवासमा निधन भएको हो । पछिल्ला केही वर्षदेखि कलाकार ठकुरी मधुमेह, उच्चरक्तचापलगायतका रोगबाट पीडित थिए । यस्तै केहीवर्षदेखि उनमा पक्षघातको समस्या रहेको थियो ।

‘जीवन रेखा’ नामक नेपाली चलचित्रबाट अभिनय क्षेत्रमा प्रवेश गरेका ठकुरीले नेपालका दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । विश्वास, भाग्य रेखा, फेरि भेटौँला, मायालु, युद्धलगायतका थुप्रै चलचित्रमा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय चलचित्र पञ्चओटी तथा पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् । उनले केही नेपाली नाटक र टेलिफिल्म तथा म्युजिक भिडियोहरुमा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘भागिभागी नजाउ’ हो ।

पछिल्लो समय उनको परिवारले उनको उपचारको लागि आर्थिक अभाव झेल्दै आएको थियो ।एक छोरीका बाबु चन्द आफ्नी श्रीमतीका साथ ललितपुरको बागडोलमा बस्दै आएका थिए । ८० वर्षको उमेर आज ब्रह्मलीन भएका ठकुरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...

कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत...

अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

Top