नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार


२४ मे, २०२०
काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती प्रदेशको नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ ।

फाइल तस्वीर : स्वास्थ्य मन्त्रालय

नुवाकोटमा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । ककनीका ३९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार नुवाकोटमा एकसहित आज देशका विभिन्न जिल्लामा गरी थप १९ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ थपिएकामा मोरङ्ग, बारा, रौतहट, सर्लाही, र काठमाडौंमा एक एक जना रहेका छन् ।

यस्तै रुपन्देही, पर्सा र कपिलबस्तुमा गरी थप ९ जनामा संक्रमण भेटिएको छ । यस्तै गुल्मीमा पनि थप एकजनामा कोराना संक्रमण देखिएको छ । यो सँगै देशका ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । देशका ६ सय ३ जनामा हालसम्म कोरोना संक्रमण देखिएको छ । हालसम्म ८९ जनाले कोरोनालाई परास्त गर्दै घर फर्केका छन् भने ३ जनाको उपचारको क्रममा निधन भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हामीलाई घरमै भेटेर फर्कियो कोरोना * हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

२०७७ भाद्र १६ गते मंगलबार

–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले...

काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...

नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका...

Top