Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०
वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई समेत प्रभाव पारेको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालसहित विश्वका विभिन्न मुलुकमा गरी एकसय १७ जना नेपालीको ज्यान गएको तथ्यांक गैरआवासीय नेपाली संघले जारी गरेको छ ।

यसअघि मे को तेश्रो साता सातासम्म ९६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको भएपनि यो साता थप १७ जना नेपालीले विश्वका विभिन्न स्थानमा ज्यान गुमाएको एनआरएनको भनाई छ । कोरोनाका कारण हालसम्म सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको ज्यान गएको छ । बेलायतपछि संयुक्त अरब इमिरेट् र अमेरिकामा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् ।
एनआरएनएका अनुसार विश्वका विभिन्न मुलुकमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या यसप्रकार रहेको छ ।
१. बेलायतमा ६५ जना
२. युनाइटेड अरब इमिरेट्मा १८ जना
३. अमेरिकामा १६ जना
४. साउदी अरेवियामा ७ जना
५. नेपालमा ३ जना
६. कतारमा १ जना
७. आयरल्याण्डमा १ जना
८. जापानमा १ जना
९. टर्कीमा १ जना
१०. नेदरल्याण्डमा १ जना
११. बहराईनमा १ जना
१२. स्वीडेनमा १ जना
१३. कुवेतमा १ जना
यसरी ज्यान गुमाउनेमा ९५ पुरुष र १९ महिला रहेको एनआरएनए स्वास्थ्य समितिको भनाई छ । समितिका अनुसार हालसम्म कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्टेलियामा १२, माल्दिभ्समा १६, जापानमा १० जना रहेका छन् ।

यस्तै, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४ र फिनल्याण्डमा ४, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्कङ्, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमार, रोमानिया र फ्रान्समा एकएक जना नेपालीमा कोरोना संक्रमण भएको छ । संक्रमणमा परेकामध्ये नेपालसहित विश्वका विभिन्न देशमा रहेका ४ हजार ५० भन्दा बढीको उपचार सफल भै घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...
दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी...
Top