Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०
वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई समेत प्रभाव पारेको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालसहित विश्वका विभिन्न मुलुकमा गरी एकसय १७ जना नेपालीको ज्यान गएको तथ्यांक गैरआवासीय नेपाली संघले जारी गरेको छ ।

यसअघि मे को तेश्रो साता सातासम्म ९६ जना नेपालीको कोरोनाको कारण ज्यान गएको भएपनि यो साता थप १७ जना नेपालीले विश्वका विभिन्न स्थानमा ज्यान गुमाएको एनआरएनको भनाई छ । कोरोनाका कारण हालसम्म सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको ज्यान गएको छ । बेलायतपछि संयुक्त अरब इमिरेट् र अमेरिकामा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् ।
एनआरएनएका अनुसार विश्वका विभिन्न मुलुकमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या यसप्रकार रहेको छ ।
१. बेलायतमा ६५ जना
२. युनाइटेड अरब इमिरेट्मा १८ जना
३. अमेरिकामा १६ जना
४. साउदी अरेवियामा ७ जना
५. नेपालमा ३ जना
६. कतारमा १ जना
७. आयरल्याण्डमा १ जना
८. जापानमा १ जना
९. टर्कीमा १ जना
१०. नेदरल्याण्डमा १ जना
११. बहराईनमा १ जना
१२. स्वीडेनमा १ जना
१३. कुवेतमा १ जना
यसरी ज्यान गुमाउनेमा ९५ पुरुष र १९ महिला रहेको एनआरएनए स्वास्थ्य समितिको भनाई छ । समितिका अनुसार हालसम्म कतारमा ६ हजार ९११, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २३०, साउदी अरबमा एक हजार ३६४, नेपालमा ५८५, युएईमा पाँच सय, बहराइनमा ३११, कुवेतमा ८४, मलेसियामा ५५, पोर्चुगलमा ४२, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानडामा १८, अष्टेलियामा १२, माल्दिभ्समा १६, जापानमा १० जना रहेका छन् ।

यस्तै, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४ र फिनल्याण्डमा ४, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्कङ्, पोल्याण्ड र रुसमा दुईदुई तथा म्यानमार, रोमानिया र फ्रान्समा एकएक जना नेपालीमा कोरोना संक्रमण भएको छ । संक्रमणमा परेकामध्ये नेपालसहित विश्वका विभिन्न देशमा रहेका ४ हजार ५० भन्दा बढीको उपचार सफल भै घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा भने : निर्मला पन्तको हत्यारलाई कानुनी कठघरामा उभ्याईन्छ
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता
२०७६ माघ १ गते बुधबार
–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...
Top