Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषीले अब उन्मुक्ति नपाउने दाबी गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै विभिन्न बहानामा निर्मला पन्तको हत्याका उम्किइरहेपनि अब त्यो सम्भव नभएको बताएका हुन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएकोमा अहिलेसम्म दोषीमाथि कारबाही हुन सकेको छैन । घटनाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै घटनाको सत्यतथ्य बाहिर आउने र दोषी पनि कारबाहीको दायरामा पर्ने बताएका हुन् ।
उनले भने –‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन संभव छैन, दोषीले कानुनको कठघरामा उभिनै पर्छ,।’ सरकार मुलुकमा शान्ति सुरक्षा मजदुत बनाउन प्रतिबद्ध रहेको भन्दै सबै जनतलाई देशभित्र सुरक्षित छु भन्ने वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : ४२ पुगे संक्रमित, आजमात्रै ११ जना थपिए
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४२...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
COVID 19 TIME – SOME ENCOURAGEMENT
२०७७ श्रावण २३ गते शुक्रबार
Shree Hari Subedi “SAMAN” Everyone is stressed because of...
पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० हेटौंडा । काठमाडौंसँग सिमाना जोडिएको मकवानपुर...
Top