सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो

Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार


२५ मे, २०२०
मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर भएका एकजना कोरोना संक्रमित उपचारको क्रममा धनुषाको सदरमुकाम जनकपुरधामस्थित अस्पतालको आइसोलेसनबाट बेपत्ता भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा विगत केहीसमयदेखि कोरोना संक्रमणको उपचारका क्रममा रहेका सर्लाहीका ४० वर्षका एक पुरुष आज बिहान अस्पतालको आइसोलेसन कक्षमा रहेको सिसाको झ्याल फुटाएर भागेको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर : जनकपुर अञ्चल अस्पताल ।

उनी फरार रहेसँगै उनको खोजीकार्यका लागि प्रहरीलाई खटाइएको छ । अस्पतालदेखि उनको घरसम्मको सम्भावित सडक तथा अस्पताल आसपासको ५ किलोमिटरसम्मको क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरी उनको खोजी भै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनी यसअघि पनि धेरैपटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन ।

उनले अस्पतालमा विभिन्न खाले ताण्डव समेत देखाउँदै आएका छन् । केहीदिन अघि अस्पतालमा रहेको सिसि क्यामेरासमेत उनले तोडफोड गरेका थिए । मानसिक त्यसमा पनि कोरोनासमेत संक्रमण भएपनि उनलाई तत्काल नियन्त्रणमा लिन कठिनाई भएको अस्पताल स्रोतको भनाई छ । पर्सामा पनि केहीसाता अघि २ जना संक्रमित अस्पताल छाडेर भागेका थिए । तर पछि प्रहरीले उनीहरुलाई समातेर पुनः अस्पतालमा पु-याएको थियो । उनीहरुले आफूहरु रक्सी किन्नका लागि अस्पतालबाट बाहिर गएको बताएका थिए ।

पर्साको स्थानीय प्रशासनले आइसोलेसन तोडेर भाग्ने प्रयास गर्नेमाथि गोलीसमेत चलाउनसक्ने गरी आदेश दिइसकेको छ । धनुषाबाट भागेका ती कोरोना संक्रमित पुरुषको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी ! एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

२०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...

धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु धादिङ्को त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोमा परी एकै परिवारका ३ को मृत्यु

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०सल्यानटार, धादिङ् । विगत चार दिनदेखि परेको...

Suffering is a part of life… Suffering is a part of life…

२०७७ श्रावण ७ गते बुधबार

– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...

लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय लम्बियो जेठ ५ सम्म ‘लकडाउन’, थप कडाई गर्ने सरकारको निर्णय

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)...

Top