Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०
मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर भएका एकजना कोरोना संक्रमित उपचारको क्रममा धनुषाको सदरमुकाम जनकपुरधामस्थित अस्पतालको आइसोलेसनबाट बेपत्ता भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा विगत केहीसमयदेखि कोरोना संक्रमणको उपचारका क्रममा रहेका सर्लाहीका ४० वर्षका एक पुरुष आज बिहान अस्पतालको आइसोलेसन कक्षमा रहेको सिसाको झ्याल फुटाएर भागेको प्रहरीले जनाएको छ ।

उनी फरार रहेसँगै उनको खोजीकार्यका लागि प्रहरीलाई खटाइएको छ । अस्पतालदेखि उनको घरसम्मको सम्भावित सडक तथा अस्पताल आसपासको ५ किलोमिटरसम्मको क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरी उनको खोजी भै रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनी यसअघि पनि धेरैपटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन ।
उनले अस्पतालमा विभिन्न खाले ताण्डव समेत देखाउँदै आएका छन् । केहीदिन अघि अस्पतालमा रहेको सिसि क्यामेरासमेत उनले तोडफोड गरेका थिए । मानसिक त्यसमा पनि कोरोनासमेत संक्रमण भएपनि उनलाई तत्काल नियन्त्रणमा लिन कठिनाई भएको अस्पताल स्रोतको भनाई छ । पर्सामा पनि केहीसाता अघि २ जना संक्रमित अस्पताल छाडेर भागेका थिए । तर पछि प्रहरीले उनीहरुलाई समातेर पुनः अस्पतालमा पु-याएको थियो । उनीहरुले आफूहरु रक्सी किन्नका लागि अस्पतालबाट बाहिर गएको बताएका थिए ।
पर्साको स्थानीय प्रशासनले आइसोलेसन तोडेर भाग्ने प्रयास गर्नेमाथि गोलीसमेत चलाउनसक्ने गरी आदेश दिइसकेको छ । धनुषाबाट भागेका ती कोरोना संक्रमित पुरुषको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी
२०७७ असार २० गते शनिबार
०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...
पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
लकडाउन जेठ ३२ सम्म लम्बियो
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...
Top