कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लाओसबाट कराँचीका लागि उडान भरेको पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पिआइए) को विमान अवतरणपूर्व नै बस्तीमा खसेको थियो ।

कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भै रहेका बेला विमान चालकले विमानमा समस्या आएको भन्दै टावरलाई जानकारी गराएका थिए । अधिकारीहरुका अनुसार विमान चालकले विमानको दुबै इन्जिनले काम गर्न छाडेको भन्दै आपत्कालीन अवतरणका लागि विमानस्थलको टावरसँग सहयोग मागेका थिए । विमानस्थल टावरले उनलाई आपतकालीन अवतरणका लागि अनुमति दिएपनि उनले विमानलाई विमानस्थलसम्म पु-याउन भ्याएनन् र सो विमान कराँची विमानस्थल नजिकै रहेको एउटा ‘मोर्डन कोलोनी’ नामक बढी आवधिक बस्ती रहेको क्षेत्रमा खस्यो ।

विमान खस्दा पुरै आगोको मुस्लोसहित खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमानमा चालकदलका ८ जना सदस्यसहित कुल ९९ जनाले यात्रा गरेको बिबिसीले उल्लेख गरेको छ । विमानमा रहेकामध्ये ९७ जनाको मृत्यु भएको पुष्टि अस्पतालले गरिसकेको छ । घटनामा परेका दुईजना अहिले सम्मपनि जीवितै रहेको बताइएको छ । उनीहरुमध्ये एकजना यात्रु रहेका छन् । उनीहरुको पनि स्थानीय अस्पतालमा उपचार भै रहेको छ । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले अहिले विमानको ब्लाक बक्सलाई अनुसन्धानका लागि ल्याबमा पठाएका छन् ।

आइतबारको मुस्लिमधर्मावलम्बीको महान पर्व इद पर्वलाई मध्यनजर गर्दै लाओसबाट कराँची आउने स्थानीयलाई लिएर सो विमानले चार्टर उडान भरेको बताइएको छ । कोरोनाको संक्रमणका कारण सिँगो देश लकडाउन गरिएको भएपनि पाकिस्तानमा केहीदिन अघि यहाँको सरकारले विमानलाई भने सञ्चालनका लागि अनुमति दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...

जोडियो पोखरा–विराटनगर हवाई सेवा जोडियो पोखरा–विराटनगर हवाई सेवा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

Top