कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

Best Khabar Team | २०७७ जेठ १० गते शनिबार


२३ मे, २०२०
कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लाओसबाट कराँचीका लागि उडान भरेको पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पिआइए) को विमान अवतरणपूर्व नै बस्तीमा खसेको थियो ।

कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भै रहेका बेला विमान चालकले विमानमा समस्या आएको भन्दै टावरलाई जानकारी गराएका थिए । अधिकारीहरुका अनुसार विमान चालकले विमानको दुबै इन्जिनले काम गर्न छाडेको भन्दै आपत्कालीन अवतरणका लागि विमानस्थलको टावरसँग सहयोग मागेका थिए । विमानस्थल टावरले उनलाई आपतकालीन अवतरणका लागि अनुमति दिएपनि उनले विमानलाई विमानस्थलसम्म पु-याउन भ्याएनन् र सो विमान कराँची विमानस्थल नजिकै रहेको एउटा ‘मोर्डन कोलोनी’ नामक बढी आवधिक बस्ती रहेको क्षेत्रमा खस्यो ।

विमान खस्दा पुरै आगोको मुस्लोसहित खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमानमा चालकदलका ८ जना सदस्यसहित कुल ९९ जनाले यात्रा गरेको बिबिसीले उल्लेख गरेको छ । विमानमा रहेकामध्ये ९७ जनाको मृत्यु भएको पुष्टि अस्पतालले गरिसकेको छ । घटनामा परेका दुईजना अहिले सम्मपनि जीवितै रहेको बताइएको छ । उनीहरुमध्ये एकजना यात्रु रहेका छन् । उनीहरुको पनि स्थानीय अस्पतालमा उपचार भै रहेको छ । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले अहिले विमानको ब्लाक बक्सलाई अनुसन्धानका लागि ल्याबमा पठाएका छन् ।

आइतबारको मुस्लिमधर्मावलम्बीको महान पर्व इद पर्वलाई मध्यनजर गर्दै लाओसबाट कराँची आउने स्थानीयलाई लिएर सो विमानले चार्टर उडान भरेको बताइएको छ । कोरोनाको संक्रमणका कारण सिँगो देश लकडाउन गरिएको भएपनि पाकिस्तानमा केहीदिन अघि यहाँको सरकारले विमानलाई भने सञ्चालनका लागि अनुमति दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको...

चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने

२०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...

सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

Top