Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार
३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो ।

तर उपचारकै क्रममा उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाको पुष्टि गरेका छन् । ८४ वर्षका मुखर्जी विगत केही वर्षयता मस्तिष्कको समस्याका कारण नियमित रुपमा चिकित्सकको परामर्शमा रहेका थिए । पछिल्लो पटक उनको मतिष्कको शल्यक्रिया गर्ने तयारी भै रहेको थियो । तर सोही क्रममा उनमा कोरोना संक्रमण समेत भएको पुष्टि अस्पतालले गरेको थियो ।
सन् २०१२ देखि २०१७ सम्म मुखर्जी भारतको राष्टपति बनेका थिए । यसअघि मुखर्जीको अवस्था विग्रँदै गएको समाचारहरु सार्वजनिक भएको थियो ।
र यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने
२०७६ चैत्र ९ गते आइतबार
२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...
१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...
समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !
२०७७ भाद्र २७ गते शनिबार
१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
Top