Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार
३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो ।

तर उपचारकै क्रममा उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाको पुष्टि गरेका छन् । ८४ वर्षका मुखर्जी विगत केही वर्षयता मस्तिष्कको समस्याका कारण नियमित रुपमा चिकित्सकको परामर्शमा रहेका थिए । पछिल्लो पटक उनको मतिष्कको शल्यक्रिया गर्ने तयारी भै रहेको थियो । तर सोही क्रममा उनमा कोरोना संक्रमण समेत भएको पुष्टि अस्पतालले गरेको थियो ।
सन् २०१२ देखि २०१७ सम्म मुखर्जी भारतको राष्टपति बनेका थिए । यसअघि मुखर्जीको अवस्था विग्रँदै गएको समाचारहरु सार्वजनिक भएको थियो ।
र यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...
एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं
२०७७ जेठ १९ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...
ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार...
यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...
Top