Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०
साउ पाउलो, ब्राजिल । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो केही महिनायता फैलिएको कोरोनाका कारण अहिले अमेरिका र रसियापछि ब्राजिल विश्वको तेश्रो कोरोना ‘इपिसेन्टर’ बनेको छ । ब्राजिल कोरोना संक्रमितको हिसावले विश्वमा सबैभन्दा बढी संक्रमितमध्येको तेश्रो नम्बरमा आएको कोरोना भाइरससम्बन्धी प्रत्यक्ष जानकारी दिने ओल्डोमिटर डटकमले जानकारी राखेको छ ।

यसअघि यो सूचीमा स्पेन रहेको भएपनि स्पेनलाई पछिपार्दै ब्राजिल तेश्रो स्थानमा परेको छ । ब्राजिलभन्दा माथि अमेरिका र रसिया क्रमश पहिलो र दोश्रो स्थानमा रहेका छन् । ब्राजिलमा हालसम्म ३ लाख १० हजार ९ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ भने २० हजार ८२ जनाको कोरोनाकै कारण ज्यान गै सकेको छ । ब्राजिलमा गएको मार्च १७ तारिखमा कोरोनाबाट पहिलो पटक मानिसको ज्यान गएको थियो ।

मार्चको १८ तारिखमा थप २ जनाको ज्यान गएको ब्राजिलमा त्यसको २ महिना पुग्दा २० हजार बढीले ज्यान गुमाईसकेका छन् । यद्यपि उपचारपछि घर फर्कनेको संख्या भने ब्राजिलमा उल्लेख रहेको छ । हालसम्म १ लाख २५ हजार ९ सय ६० को उपचार सफल भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । गएको फेब्रुअरी २५ तारिखका दिन ब्राजिलमा पहिलो पटक कोरोना संक्रमणको केस भेटिएको थियो ।
फेब्रुअरी २५ मा पहिलो पटक एकजनामा कोरोना संक्रमण देखिएको भएपनि अहिले ३ महिनाको बीचमा संक्रमितको हिसावले ब्राजिल विश्वकै तेश्रो नम्बरमा परेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
Top