चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

Best Khabar Team | २०७८ श्रावण ६ गते बुधबार


२१ जुलाई, २०२१
बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका विभिन्न राज्यमा भै रहेको भीषण बर्षापछि आएको बाढीमा परी हालसम्म १२ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार चीनका वर्षात् भएका अधिकांश शहरमा सडकहरु डुब्नुका साथै कतिपय स्थानमा हवाईसेवा समेत ठप्प भएको छ ।

विशेष गरी बाढीका कारण हेनान प्रान्तको राजधानीसहितका अधिकांश क्षेत्र निक्कै प्रभावित भएको छ । हेनान प्रान्तका विभिन्न ठाउँबाट प्रभावितहरुलाई उद्दार गरी सुरक्षित स्थानमा लैजान सुरक्षा अधिकारीहरुले पहल गरिरहेका छन् । हेनान् प्राप्तमा अहिले भएको यो भीषण वर्षात् र बाढी पछिल्लो ६ दशक यताकै सबैभन्दा ठूलो वर्षात् भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । हालसम्म २० हजार भन्दा बढीलाई विभिन्न राज्यबाट उद्दार गरिएको छ ।

बाढीका कारण अतिपय स्थानका राजमार्ग आसपासमा रहेका गाडीहरुसमेत बगाएको दृश्यहरु चिनियाँ टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । हेनान प्राप्तको जङ्जो सहरमा २०१ दशमलव ९ मिलिमिटर प्रतिघण्टासम्म पानी परेको चिनियाँ सञ्चारमाध्यहरुले उल्ल्ेख गरेका छन् । स्मरणीय के छ भने भने यसअघि सन् १९७५ मा सो क्षेत्रमा १९८ दशमलव ५ मिलिमिटर पानी परेको तथ्यांक यहाँको मौसम विभागले गरेको छ । यसैबीच, चिनियाँ राष्ट्रपतिले बाढी प्रभावितहरुलाई तत्काल उद्दार गरी सुरक्षित स्थानमा लैजानका लागि तत्काल कार्य गर्न भनेका छन् । उनले मृतकका आफन्तलाई उचित राहतको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।

नागरिकको ज्यान जोगाउनु राज्यको कर्तव्य भएको भन्दै राष्ट्रपति सी चिनफिङले सुरक्षा अधिकारीहरुलाई तत्काल बाढी प्रभावित क्षेत्रमा खटाउनका लागि अधिकारीहरुमाफतर्् निर्देशन समेत दिएका छन् । पछिल्लो समयमा इन्फा नामको आँधीका कारण चीनमा भीषण वर्षा भएको चिनियाँ मौसम विभागले जनाएकाले अझै केहीदिन वर्षात् र आँधीको सम्भावना रहेकोले आवश्यक सुरक्षा सावधानी अपनाउन यहाँको मौसम विभागले नागरिकहरुलाई आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...

भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो भारतबाट चोरी गरेको एक करोड रुपैयाँ कैलालीमा माटोको खाल्टोमा पुरिएको अवस्थामा भेटियो

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले...

झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...

सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...

Top