चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित

Best Khabar Team | २०७८ श्रावण ६ गते बुधबार


२१ जुलाई, २०२१
बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका विभिन्न राज्यमा भै रहेको भीषण बर्षापछि आएको बाढीमा परी हालसम्म १२ जनाको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार चीनका वर्षात् भएका अधिकांश शहरमा सडकहरु डुब्नुका साथै कतिपय स्थानमा हवाईसेवा समेत ठप्प भएको छ ।

विशेष गरी बाढीका कारण हेनान प्रान्तको राजधानीसहितका अधिकांश क्षेत्र निक्कै प्रभावित भएको छ । हेनान प्रान्तका विभिन्न ठाउँबाट प्रभावितहरुलाई उद्दार गरी सुरक्षित स्थानमा लैजान सुरक्षा अधिकारीहरुले पहल गरिरहेका छन् । हेनान् प्राप्तमा अहिले भएको यो भीषण वर्षात् र बाढी पछिल्लो ६ दशक यताकै सबैभन्दा ठूलो वर्षात् भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । हालसम्म २० हजार भन्दा बढीलाई विभिन्न राज्यबाट उद्दार गरिएको छ ।

बाढीका कारण अतिपय स्थानका राजमार्ग आसपासमा रहेका गाडीहरुसमेत बगाएको दृश्यहरु चिनियाँ टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । हेनान प्राप्तको जङ्जो सहरमा २०१ दशमलव ९ मिलिमिटर प्रतिघण्टासम्म पानी परेको चिनियाँ सञ्चारमाध्यहरुले उल्ल्ेख गरेका छन् । स्मरणीय के छ भने भने यसअघि सन् १९७५ मा सो क्षेत्रमा १९८ दशमलव ५ मिलिमिटर पानी परेको तथ्यांक यहाँको मौसम विभागले गरेको छ । यसैबीच, चिनियाँ राष्ट्रपतिले बाढी प्रभावितहरुलाई तत्काल उद्दार गरी सुरक्षित स्थानमा लैजानका लागि तत्काल कार्य गर्न भनेका छन् । उनले मृतकका आफन्तलाई उचित राहतको व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिएका छन् ।

नागरिकको ज्यान जोगाउनु राज्यको कर्तव्य भएको भन्दै राष्ट्रपति सी चिनफिङले सुरक्षा अधिकारीहरुलाई तत्काल बाढी प्रभावित क्षेत्रमा खटाउनका लागि अधिकारीहरुमाफतर्् निर्देशन समेत दिएका छन् । पछिल्लो समयमा इन्फा नामको आँधीका कारण चीनमा भीषण वर्षा भएको चिनियाँ मौसम विभागले जनाएकाले अझै केहीदिन वर्षात् र आँधीको सम्भावना रहेकोले आवश्यक सुरक्षा सावधानी अपनाउन यहाँको मौसम विभागले नागरिकहरुलाई आग्रह गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै अमेरिका चीन व्यापार विवाद , जुन तेश्रो साता जापानमा दुई राष्ट्रप्रमुख भेट्दै

२०७६ असार ५ गते बिहिबार

२० जुन, २०१९ वासिंङ्टन । पछिल्लो समयमा विश्वका दुई...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा

२०७६ पुष ११ गते शुक्रबार

– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...

युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...

Top