Best Khabar Team | २०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०
नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको दरले चलेको चक्रवात आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्यमा कम्तीमा १० जनाको ज्यान गएको छ । वर्षात्सँगैको आँधीका कारण सडक र घर छेउका रुखहरु लड्दा ती रुखहरुले च्यापिएर र आँधीले उडाएका अन्य भौतिक संरचनाले लागेर उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । बंगलाको खाडीबाट शुरुभएको पश्चिम बंगाल राज्यका कतिपय स्थानमा घरका कम्पाउन्ड तथा कच्ची घरका संरचना भत्किएको र त्यसैले च्यापिएर केही स्थानीय घाइते समेत भएका छन् ।
आँधीका कारण त्यस क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा विच्छेद भएको छ । आँधीले हजारौं रुखहरु लडाएको छ । यस्तै आँधीले पश्चिम बंगालका अधिकांश स्थलमा रहेका टेलिफोनको टावर, विजुलीका पोललगायतका संरचना लडाएको छ । कतिपय स्थानीयको घर उडाउनुका साथै पर्खालहरु भत्किएका छन् । भारतमा यस्तो खाले यसअघि सन् १९९९ मा पनि आएको र त्यतिबेला ९ हजारले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय समय अनुसार बिहीबार दिउँसो २ बजेदेखि शुरु भएको चक्रवर्ती आँधी कम्तीमा ४ घण्टासम्म चलेको थियो । सो आँधीको बहाब पश्चिम बंगाल र उडिसाबाट विस्तारै कोलकत्तातर्फ अघि बढेको भन्दै भारतीय मौसम विभागले त्यहाँका नागरिकहरुलाई सचेत रहनका लागि भनेको छ । बंगालको खाडीबाट बुधबार अपरान्हबाट शुरुभएको सो आँधीका कारण लाखौं मानिसलाई प्रभावित गर्न सक्ने भन्दै मौसमविद्हरुले सुरक्षित रहन १ साताअघि नै सबैलाई अनुरोध गरेका थिए । दिनभरको भारी वर्षा र त्यसपछि चलेको हावाबाट पश्चिम बंगाल राज्यका विभिन्न जिल्लाहरुलाई असर गरेको छ ।

यद्यपि उडिसामा भने तुलनात्मक रुपमा कम क्षति पुगेको बताइएको छ । रातीको समयमा आँधी जारी रहेको कारण भएको क्षतिको एकिन विवरण प्राप्त भै सकेको छैन । कोरोनाको संक्रमणकैबीच आएको आँधीका कारण सो क्षेत्रका लाखौं स्थानीय बासिन्दा प्रभावित बनेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...
पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...
‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा...
कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)
२०७७ श्रावण ३ गते शनिबार
१८ जुलाई, २०२०काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको...
Top